Siraha Times
ताजा समाचार

सिराहा: सन्हैठामा निर्माधिन १० सैया अस्पतालको निर्माण काम सम्पन्न नहुँदै हाकिम लेखापाको मिलेमतोमा लाखौको भुक्तानी

  • असोज १३, २०८१
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार लहान, १३ असोज । निर्माधिन अवस्थामा रहेको सिराहा नगरपालिका वडा नम्बर - १९ सन्हैठामा १० सैया अस्पतालको काममा प्रमुख प्रशासकीय अधिकृत, ठेक्केदार र लेखापालको मिलेमतोमा निर्माण काम सम्पन्न नहँदै लाखौंको भुक्तानी भएको छ। एक स्थानीयका अनुसार सिराहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, लेखापाल , मेयर डा. नवीन यादव , प्राविधिक इन्जिनियर उमेश कुमार यादव , भुक्तानी लिने ठेक्केदार दिपेन्द्र ठाकुर , ओभरसियर दिनेश यादवसहितको मिलेमतो पश्चयात कामै नगरि लाखौं / करोडौंको भुक्तानी दिइएको छ। ओभरसियर दिनेश यादवले फर्जी बिल , भर्पाई, फाईल तयार परि भुक्तानी लिइएको हो । सन्हैठामा निर्माधिन अवस्थामा रहेको सो अस्पताल निर्माणको ठेक्का श्री सिर्जना / सुवेदी जे. भी. लाई दिइएको छ । जसको कुल लागत बजेट ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाँ रहेको छ ।

यसवर्षको कलोजिङ्ग २ दिन पहिले , कलोजिङ्ग अन्त्यको बेला भुक्तानी दिइएको हो । भन्नुपर्दा असार - २३ गते "छत" को ढलान गर्दै भुक्तानी गरिएको हो । ईन्जिनियर उमेश कुमार यादव मार्फत कुल बजेटको ५ % कमिसन लिएर लेखा, हाकिमले चेक काटिएको थियो । यो सँगै , सिराहा -१९ सन्हैठामा रहेको निर्माधिन सो १० सैया अस्पतालको पलाष्टर र माथिल्लो "पिलर" ठड्याउने को कामै नगरि बील भर्पाईकै आधारमा लाखौं / करोडौं निकासा गरिएको छ। सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, मेयर डा. नवीन यादवले गत चैत - ६ गते अनुगमनको क्रममा भनेका थियो - " नगरवासीलाई समयमै छिटो सहज सेवा दिने उदेश्यले निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिइएको थियोे । तर, जनप्रतिनिधिहरुको आधा समय बितिसक्दा पनि सिराहा लगायत सबैजसो स्थानीयहरुमा विकासको अनुभुती गर्न सकिदैन् ।

सिरहाका स्थानीयतह पालिकाहरुमा विकासको अवस्था एक्दम्मै नाजुक देखिन् थालेको छ। यो सँगै, सिराहा -१९ को निर्माधिन १० सैया अस्पतालको अनुगमन र अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हुनुपर्ने अवस्था देखिन्छ । यता, सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई मो. ९८५२८२५१११ मा सम्पर्क गर्दा - उहाँले भन्नुभयो - " हामीले कुनै फ्युजुलको भुक्तानी दिइएको होइनन् । कामको मुल्यांकन अनुसार भुक्तानी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१