ताजा समाचार

सिरहाको अधिकांश सरकारी विद्यालयको पठन- पाठन प्रभावित

  • वैशाख २२, २०७६
  • ७१० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान वैशाख २२ । सिरहा जिल्ला स्थित रहेकोअधिकांश सरकारी विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यालयको पठन पाठन प्रभावितभएको छ । स्थानीय निकायको तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश सरकारीविद्यालयहरुको पठन पाठन प्रभावितभएको हो। जिल्ला मा रहेको सरकारीविद्यालयहरुको करीब ७६ हजारभन्दा बढी विद्यार्थी समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन् ।

शिक्षा समन्वय इकाई समिती सिरहाको अनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका तीनसय ३५ विद्यालय रहेका छन ।जसमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् । जिल्ला का सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका लगायत नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले रकम निकासा न गरेको बताएका छन । एकातिर ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाऔँ’ नारासँगै विद्यार्थी भर्ना अभियान शुरु गरेका छन भने अर्को तर्फ स्थानीय तहले विद्यालय लाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन ।

रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान समेतअन्योलमा परेको फुल कुमारी उच्च मा-बि-का एक प्राध्यापक भानु गौतम ले बताएका छन । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लाका स्थानीय तहलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤