Siraha Times
ताजा समाचार

इटहरीको यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया पक्राउ

  • असोज ११, २०८१
  • ४४६ पटक पढिएको
  • रहमुल
alt

सुनसरीको इटहरीमा रहेको  यातायात व्यवस्था कार्यालय  परिसरमा बुधवार प्रहरीले छापा मारेको छ । कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुख दिने गरेको गुनासो आए पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यातायात कार्यालयमा छापा मारेको हो । 

सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारी एक जना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाइ पक्राउ गरेको हो ।   

 पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले भने ।

461135635_834653352178215_5173158832151253133_n

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१