Siraha Times
ताजा समाचार

सिरहामा वन रक्षक र सशस्त्र वन रक्षकहरुकोलाई फिजिकल फिटनेस तालिम उद्घाटन

  • असोज ८, २०८१
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा असोज ८ । सदरमुकाम सिरहामा मधेश प्रदेश स्तरीय वन रक्षक र सशस्त्र वन रक्षकहरुकोलाई फिजिकल फिटनेस तालिमको आज बिधिवत उद्घाटन भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ,सागरनाथ सर्लाहीको आयोजना भएको उक्त तालिम सदरमुकाम सिरहा स्थित रहेको होटल रमझमको सभाहलमा संचालन रहेको छ । असोज ७ गते आज देखि सुरु भएको तालिम १३ गते सम्म चल्ने छ । कार्यक्रममा वन सम्बन्धि विभिन्न किसिमको जानकारी साथै प्रशिक्षकहरु बाट फिजिकल फिटनेस सम्बन्धि महत्त्वपूर्ण जानकारी गराएका छन ।

कार्यक्रममा मधेश प्रदेशकाका ८ जिल्लामा रहेको तेह्र वन सम्बन्धि कार्यालयका वन रक्षक, सशस्त्र वन रक्षक र गेम स्काउट कर्मचारीहरुको सहभागी रहेको छ । वन रक्षक र सशस्त्र वन रक्षकहरुकोलाई फिजिकल फिटनेस तालिमको उद्घाटन सत्रका अध्यक्षता वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ,सागरनाथ सर्लाहीका निर्देशक सुजित कुमार झा , प्रमुख अतिथिमा जिल्ला समन्वय समिति सिरहामा प्रमुख दिनेश कुमार महतो , बिशिस्ट अतिथि उपप्रमुख दिलिप लामा, वन तथा बाताबरण अधिकृत सुशील यादव , डिभिजन वन कार्यालय लहान सिरहाका वन अधिकृत हरिनारायण चौधरी , लगायतले कार्यक्रमको प्रशिक्षकको रुपमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१