ताजा समाचार

लाहान नगरपालिका या "गौ" पालिका ? कान्जी हाउस निर्माणमा मेयर उदासीन

  • वैशाख २१, २०७६
  • २००६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, २१ बैशाख । विभिन्न मिडियाले छाडा चौपाया र अव्यवस्थित लाहानको सम्बन्धमा छापेको समाचारले गर्दा नगरपालिकाले बेतिथीलाई सच्च्याउने प्रतिवद्धता गरेपनि ब्यवहारमा भने शून्य छ । सुन्दर र समृद्ध लाहानको माला जपने मेयर मुनी साह सुडी ब्यवहारिक रुपमा यो सुन्दर नगरीलाई कुरुप बनाईरहेको भनी आवाज उठन थालेको छ । लाहानका बाहिरी सडक र भित्री सडकमा छाडा चौपाया ले गर्दा हप्तै पिच्छे सडक दुर्घटना बढिरहेको भएतापनी नगरपालिका चाँहि उदासीन देखिएको छ ।

नगरपालिका वडा न. १७ का वडा अध्यक्ष प्रथमलाल चौधरीको अध्यक्षतामा कान्जी हाउस निर्माण समिति बनाएको भनिए पनि उक्त समिति अहिलेसम्म कुनै पनि कार्य अगाडि नबढाएको स्रोतको दाबी छ । करिब एक महिना अगाडि वार्ड अध्यक्ष प्रथम लाल चौधरीले बैशाख १ गते देखि कुनै पनि गाई वस्तु छाडा रुपमा सडकमा नघुमने वाचा गरेपनि वास्तविक अवस्था भने फेरिएको छैन । "जैसे गुरु वैसे चेला" भने जस्तै मेयर साह को वाचा र वार्ड १७ का अध्यक्ष चौधरी को वाचा मा अत्यधिक फरक देखिएको छैन ।

मेयर साहको धेरै नजिक रहेको मानिने एक सन्चारकर्मीको अनुसार मेयर साहले सुझाव सबैको लिएतापनि काम चाँहि आफ्नै मनमौजी ढंगले गर्नेगरेका छ्न । असंख्य नगरवासीहरुले चौपाया नियन्त्रणका लागि मेयर साहलाई सुझाव दिएतापनी उनको रबैया उस्तै छ । कैयौंले त यो नगरपालिका हैन "गौ" पालिका हो भन्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤