Siraha Times
ताजा समाचार

सरसफाई कार्यक्रममा टोल सुधार समितिको अग्रता

सरसफाई कार्यक्रमलाई निरन्तरता दिन पत्रकार दुबेको आग्रह

  • असोज ३, २०८१
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा ३ असोज । बाराको फेटा गाउँपालिका वडा नं. १ स्थित श्री खैरामाइ मन्दिरको प्राङ्गन, वडा स्तरिय टोल सुधार समितिको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी तथा वरिष्ठ पत्रकार उमेश दुबेको अगुवाइमा आयोजना भएको श्री खैरामाइ मान्दिरको सरसफाई कार्यक्रम सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा वडा स्तरीय टोल सुधार समितिका सदस्यहरू, स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा खैरामाइको प्राङ्गन सहित निर्माण भएको पार्कको समेत सरसफाई गरिएको टोल सुधार समितिले बताए ।

फेटा गाउँपालिका वडा नं. १ भलुही टोल सुधार समितिका अध्यक्ष प्रेम साहले पत्रकारितका साथै स्थानीय स्तरमा समाजसेवामा अहम भुमिका निर्वाह गर्दै आएका उमेश दुबेको अगुवाइमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाले सरसफाइ कार्यक्रम लगायत टोल सुधार समितिले स्थानीय स्तरमा बढ्दै गएको भ्रष्टाचारको बिषयमा समेत निगरानी बढाएको बताउनु भयो । टोल सुधार समिति रजवटियाका अध्यक्ष शेसनाथ यादवले वडा स्तरीय टोल सुधार समिति गठन गरि बिकासको नाममा बिनाश गर्नेहरू माथी निगरानी मात्र नबढाइ काम कारवाहीको अवलोकन गर्दै कारवाही प्रक्रियासम्म पुर्याउने बताउनु भयो । फेटा गाउपालिकामा निर्वाचित भइ सके पश्चात् मेयर रूस्तम अन्सारीको पालामा खैरामाइको प्राङ्गन सरसफाइ नभएको र हाल पत्रकार तथा उमेश दुबेको पहलमा गरिएको सरसफाइ उदाहरणीय रहेको बताउनु भयो ।

यता टोल सुधार समिति अकवनियाका अध्यक्ष छोटेलाल कुश्वाहाले समाजमा भइरहेको जातीय भेदभाव, छुवाछुत लगायत शिक्षा, स्वास्थय तथा कृषिमा स्थानीय स्तरबाट भइरहेको बिभेदलाइ अन्तय गर्ने कामलाई प्राथमिक्तामा राखी टोल सुधार समितिले अगाडी बढी सकेको बताउनु भयो । उहाले आजको सरसफाइ कार्यक्रमले सन्देश मात्र दिन खोजिएको हो, अहिले पनि स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिए कडा कदम चाल्ने बताउनु भयो ।

यता सरसफाइ कार्यक्रमको अगुवाइ गरिरहेका पत्रकार एवम समाजसेवी उमेश दुबेले हिन्दुहरूको महान पर्व बडा दशै नजिकिए सङ्गै मन्दिरहरूको सरसफाइमा तिब्रता दिएको बताउनु भयो । उहाले सरसफाइ कार्यक्रममा सहभागी हुने स्थानीयवासी, सशस्त्र प्रहरीका साथै नेपाल प्रहरीलाई धन्यवाद गर्दै अगामी दिनहरूमा पनि जारी रहने सरसफाइ कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नुभयो । पत्रकार एवम समाजसेवी दुबेले टोल सुधार समितिले गरिरहेको कार्य प्रति सन्तुष्टि जनाउदै समाजमा बसेर समाजकै सर्वसाधारणलाई लूटन खोज्नेहरू माथी खडो उत्रिने टोल सुधार समितिलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१