खुट्टी खोलाको बाँकी काम पूरा गर्न सिंचाई मन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगे जनकपुर 

  • असोज ३, २०८१
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान असोज ०३ । मधेश प्रदेश सरकार सिंचाई मन्त्रीलाई लहानकाे खुट्टी खोला सिंचाई योजना संघर्ष समितिले आयोजनाकाे बाँकी काम पूरा गर्न र बजेट माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन संघर्ष समितिका संयोजक धर्मराज चौधरी, एमालेबाट निर्वाचित मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी, कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता सन्तोष चौधरी र कांग्रेस युवा नेता अजय चौधरी जनकपुर पुगेका थिए । पछिल्लो समय मधेस सरकारकै योजनाबाट खुट्टीखोलामा लहान-१० स्थित हेडव्रक्स निर्माण भएका छन् । ग्रामीण चौकदेखि पश्चिम लहान-११ पडरिया हुँदै वडा-१२, २२, २०, २१, १९ र २३ मा पानी पुगाउन जे.एस. क्याम्पस अगाडि कल्भर्ट पनि निर्माण भएका छन् । यो वडाहरुमा पानी पुगाउन थप नहर निर्माण गर्नुपर्ने देखिएको छ । अब नहरमा थप काम सम्पन्न भए खुट्टी खोलामा पानी भएकाे वेला सिँचाइ हुनेछ । नहर अतिक्रमण भई वर्षौ पहिले निर्माण भएका भौतिक संरचना बाधक बनेको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१