सिरहा मा लागुऔषधसहित ३ जना पक्राउ

  • वैशाख २१, २०७६
  • ११४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान ।सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट दुई भारतीय नागरिक र एक जना नेपाली गरि ३ जना लाई सिरहा प्रहरीले लागुऔषधसहित पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीटोलीले भगवान पुर गाउँपालिका -१ हुलाकी राजमार्ग बाट चेकजाँचगर्ने क्रममा भारत मधुबनी ग्राम पन्चायत माधवपुर को १७ बर्शियु उज्ज्वल कुमार र सोही ठाउँ को १८बर्शियु शिव कुमार साहलाई पक्राउ गरेको हो। पक्राउ परेका दुई भारतीय नागरिक को साथ बाट डाइलेक्स डि सि१०० एम एल -२० बोतल लागू लागुऔषध बरामद गरिएको प्रहरी ले जना एको छ। पक्राउ परेका दुवै जना लाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। त्यसै गरि सिरहा न-पा-१७ टे बाट ईलाका प्रहरी कार्यालय माडर को गस्ती टोलि ले सिरहा न-पा-१७ पटेर्वा बाट चेक जाँच को क्रम मा मिरचैया न-पा-३को २६ बर्शिय सुनिल यादव को साथ बाट डाइलेक्स डि सि१०० एम एल -४९ बोतल लागू औषध सहित पक्राउ गरेको छ। यादवको साथमा रहेको मोटरसाइकल ज ९ प १५७४ पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१