काठमाडौँ, १ असोज । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसमा भाग नलिने भएको छ । यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि दबाब दिन सो दिन विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्ने बताएका छन् । संविधान सच्याउन यसको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायतका परिवर्तनहरू गरी संविधान सबै समुदायका मानिसहरूले स्वामित्व लिन सक्ने हुनुपर्ने यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
‘घर–घरको शान’ अभियान अन्तर्गत लहान–२ मा स्वच्छता प्रवद्र्धनका लागि सडक नाटक तथा स्वच्छता र्याली सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic