Siraha Times
ताजा समाचार

रैथाने बिउ प्रदर्शनी, बारामा

  • भदौ ३१, २०८१
  • ५८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३१ भदौ पर्यावरणीय कृषि अभ्यासमा कृयाशील कृषक समूहद्वारा बारा जिल्लाकाे कलैया उपमहानगरपालिका- २४ स्थित नेपाल राष्ट्रिय मा. वि. मा माैलिक रैथाने विभिन्न प्रजातीका बिउ, बिजन प्रदर्शनीकाे आयोजना गरिएकाे पन्चावलि श्रेष्ठले जनाएका छन। प्रदर्शनीको अवलाेकनमा वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यार्थी, आमा समूहका सदस्यहरू, युवा क्लबका सदस्यहरू, GEM क्लबका सदस्यहरू, CLC सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, कलैया उपमहानगरपालिका कृषि शाखाका प्रतिनिधिहरू र किसानहरूकाे सहभागिता रहेकाे थियो। परम्परादेखि प्रयाेग भैरहेकाे माैलिक बिउ, बिजन, कृषि ज्ञान, शीप र प्रविधिकाे आदान-प्रदान गरी संरक्षण गर्न र स्थानीय रूपमा नै स्वच्छ उत्पादन गरी खाद्य अधिकार सुनिश्चित गर्न रैथाने बिउ प्रदर्शनीले सहयाेग पुर्याउने अपेक्षा गरिएकाे छ । मधेश प्रदेशका राैतहट, बारा जिल्ला र कर्णाली प्रदेशकाे सुर्खेत जिल्लामा VSO Nepal सँगको सहकार्यमा एक्टिभ परियोजना संचालमा रहेको समेत श्रेष्ठले जनाएका हुन।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१