Siraha Times
ताजा समाचार

लहानमा किसानको समस्या जस्ताको त्यस्तै किसानहरूद्वारा आन्दोलनको चेतावनी

  • भदौ ३१, २०८१
  • ९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ३१ भदौ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ वर्ष ४ महिना बितिसक्दा पनि नगरबासीले लहान नगरपालिकाबाट विकासको अनुभुति गर्न पाइएका छैनन् । लहान नगरपालिकामा योजनै पिछे भ्रष्टाचारको गंन्ध फैलिरहदा लहानबासी बेला बखत आक्रान्त बन्दै आएको सर्वबिदित्तै छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै अखिल नेपाल किसान महासंघ लहानले आईतवार नगर प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै मांग सम्बोधन नभए सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिइएका छन् ।

यो सँगै, लहान नगरमा किसानहरुले प्रत्यक्ष लाभ लिने अति आवश्यक योजना खुट्टी नहरको निर्माण सम्पन्न भई सकेकोलाई सञ्चालन गरि लहान नगरपालिकाका वडा नम्बर - २,३,११,१२,१९,२०,२१,२२ र २३ का किसानहरुको खेतमा पानी पुर्याउनु पर्ने को ठिक उल्टो उक्त, नहरलाई ढलमा परिणत गरि बलान नदिमा खसाल्ने भइरहेको कार्य प्रति किसान महासंघले खेद प्रकट गरेका छन् । नि:शुल्क कृषि मिटर दर्ता , किसान परिचय विवरण , परिचयपत्रको आधारमा सेवासुविधा जस्तै मलखाद्द, विउविजन, लगायत अन्य कृषि सामग्री साथै - अनुदानका सेवासुविधा उपलब्ध गराउनुपर्ने र कृषि विकास कार्यक्रम तथा पशु विकास कार्यक्रममा अति न्यून रकम छुटयाउन मांग गरेको छ ।

किसानहरूको समस्या यस प्रकारको रहेका छन् :-

१. खुट्टी नहरलाई डम्पिङ बनाउने योजनाको काम रोक्का गरी किसानको खेतमा सिचाई गर्न प्रबन्ध मिलाउने ।

२. नि:शुल्क विधुतको लागि कृषि सिचाई मिटर दर्ता ।

३. किसान परिचयपत्र वितरण हुनुपर्ने ।

४. मलखाद्द वितरणमा मेयर, उपमेयर , वडाध्यक्ष कोटा खारेज गरि भेदभावरहित सेवा दिनुपर्ने ।

५. कृषि र पशु विकास कार्यक्रममा कुल बजेटको १०% रकम छुट्टाउन ।

यी र यस्ता अति तुच्छ मांगहरु सात (७) दिनभित्र पूरा भएन भने, अखिल नेपाल किसान महासंघले सशक्त रुपमा आन्दोलन गर्ने नगर प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै चेतावनी दिइएका छन् ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१