Siraha Times
ताजा समाचार

जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान सिरहाकाे क्षेत्र नं.-४ मा सम्पन्न

  • भदौ ३१, २०८१
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान भदाै ३१ । सिरहा जिल्लाको मिर्चैयामा “जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” नामक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यो कार्यक्रम सिरहाको मिर्चैयामा रहेकाे रामजानकी पार्टी प्यालेसमा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथि राजकिशोर यादव र विशिष्ट अतिथि पूर्व मन्त्री शुरेश मण्डल, जसपाका केन्द्रीय नेता, प्रदेश मातहतका नेता, जसपा निकट बर्गिय मन्चका केन्द्रीय नेताहरु,समाजबादि महिलाका नेत्री , जिल्लाका जसपा नेपालका निर्बाचित जनप्रतिनिधि प्रेस मन्च नेपालका पदाधिकारीहरु लगायतका आम नेता तथा कार्यकर्ताको बाक्लो  उपस्तिथि रहेको थियो।

कार्यक्रममा जसपा नेपालका अध्यक्ष अशोक यादवले अध्यक्षतामा विभिन्न वक्ताहरूले सम्बोधन गरे। अध्यक्ष यादवले कार्यक्रममा भने, “हाम्रो अभियानको उद्देश्य स्थानीय तहमा सशक्त संगठन निर्माण गर्नु हो, जसले पार्टीको आधारलाई बलियो बनाउन र जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्नेछ।”

प्रमुख अतिथि राजकिशोर यादवले यस अभियानलाई पार्टीको भविष्यका लागि महत्वपूर्ण कदम बताउँदै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताएका थिए। उहाँले भने, “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्नेछ, जसले पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउँछ।”

पूर्व मन्त्री शुरेश मण्डलले पनि सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई बढावा दिन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले जनतासँगको निकटता बढाएर मात्र पार्टीलाई बलियो बनाउने सुझाव दिनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो। यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारासहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिनेछ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, र जिल्ला भरिका स्थानीयतहका निर्वाचित पदाधिकारीको भीडभाड रहेको थियो। यस प्रकार, जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान सिरहामा प्रभावकारी रूपमा सम्पन्न भएको छ र आगामी चरणमा यसले पार्टीको संगठनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१