ताजा समाचार

१ महिने सिलाई कटाई तालिम शुरु

  • वैशाख २०, २०७६
  • ११२८ पटक पढिएको
  • राजन सिंह
alt

राहुल कुमार सिंह बैशाख २० जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा शुक्रवारदेखि १ महिने सिलाई कटाई तालिम शुरु भएको छ । शुलभ नेपालको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा १ महिने सिलाई कटाई तालिम शुरु भएको हो । तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई १ महिनासम्म सिलाई कटाई सिकाईने संस्थाले जनाएको छ । शुलभ नेपालका कार्यवाहक अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य सरस्वती चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाका महेन्द्र महतो , रिकुं शाह , नेपाल प्रेस युनियन धनुषा सदस्य किशोर मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤