Siraha Times
ताजा समाचार

समाचारकै कारण पत्रकारमाथि मुद्दा हाल्ने प्रहरीलाई छानबिन गरी कारवाही हाेस: साँसद चौधरी

समाचारकै कारण पत्रकारमाथि मुद्दा हाल्ने प्रहरीलाई

  • भदौ २९, २०८१
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जनमत पार्टीकी प्रदेश साँसद भाग्यश्री चौधरीले समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरीले मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छन् । प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै साँसद चौधरीले सीमाबाट हुने तस्करीमा धनुषा प्रहरी नै सँलग्न रहेको सन्दर्भमा न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोका सम्पादकसहित थप दुई पत्रकारमाथि प्रहरीले गाली बेईज्जतिको मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छन् । उनले समाचार लेखेकै निहुँमा देशको चौथो अँग पत्रकारमाथि मुद्दा हाल्नु लोकतन्त्रको उपहास भएको बताईन् ।

उनले पत्रकारमाथि मुद्दा हाल्ने धनुषा प्रहरीका अधिकारीलाई कारवाहीको माग गरिन् । धनुषा प्रहरीले न्यूजब्यूरोका धनुषा संवाददाता अभिनय कुमार मिश्रा र स्ट्रीन्जर शम्भु पण्डितमाथि समेत मुद्दा हालेको हो । धनुषा प्रहरीको प्रमुखमा भुवनेश्वर तिवारी आएपछि न्यूजब्यूरोका सम्पादक काशिन्द्र शर्मामाथि एसपीका भ्यान चालक आजाद प्रसाद यादवबाट गाली बेज्जतिको मुद्दा हाल्न लगाए भने केही दिन अगाडी मात्र तस्करी सम्बन्धी समाचार प्रकाशित गरेपछि ईलाका प्रहरी कार्यालय औरहीका बरिष्ठ सई आदित्य कुमार सिँहलाई उक्साएर गाली बेईज्जतिको मुद्दा हाल्न लगाएपछि साँसद चौधरीले सदनमा सो कुराको विरोध जनाएकी हुन् । उनले मधेश प्रदेश प्रहरी प्रमुखलाई यसबारे छानबिन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउन माग गरिन् । कानुनमन्त्रीलाई समेत यसबारे जानकारी लिन आवाज उठाईन् ।

प्रतिक्रिया दिनुहोस

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१