पर्सा बाराका अधिकांश पालिकाहरुमा सहनी ब्रदर्श एण्ड सप्लायर्सको आतंक

  • भदौ २८, २०८१
  • ६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २७ भदौ । पर्सा र बारा जिल्लाको विभिन्न स्थानिय तहहरुमा कार्यरत्त कर्मचारीहरुलाई एक व्यपारीक संस्थाले काम पाए वापत बेला–बेलामा मोटो कमिशन र भ्रमणमा पठाउने गरेको रहस्य बाहिरिएको छ । बीरगंजको भारतीय दुतावास अगाडी रहेको सहनी ब्रदर्स एण्ड सप्लार्यसका संचालक संदिप सहनीले बारा र पर्साका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा जिन्सी प्रमुखहरुलाई बार्षिक नेपाल र भारत भ्रमण गराउने कुरा बाहिरिएको छ । कर्मचारीलाई प्रलोभनमा पारेर स्थानिय पालिकाहरुबाट भुक्तानी गराए बापत बार्षिक कमिसन सहित बोनसमा भम्रणको सुबिधा दिने गरेको घटना सार्वजनिक भएको हो ।

सहनी ब्रदर्श एण्ड सप्लार्यसका संचालकले काम पाए वापत केही महिना पहिले विभिन्न पालिकाका कर्मचारीहरुलाई खुसी पार्न भारत भ्रमण गराएको जनाईएको छ । सहनी ब्रदर्स एण्ड सप्लार्यसका संचालकले आफु र आफ्न नातेदारहरुको नामबाट सहनी ब्रदर्स, आर एस टे«र्डस जस्ता नाम गरेका करिब १४ वटा फर्महरु दर्ता गराई स्थानिय तहहरुबाट एकलौटी रुपमा सामानहरु सप्लाई गर्दै आएको छ । जिन्सी र लेखा प्रमुखहरुलाई मिलाई मालवस्तुको बिक्री कारोबार नै नगरी फर्जी बिल बिजक जारी गरी पालिकाहरुबाट रकम उठाउने गरेको श्रोतको दावी छ । बारा, पर्साका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र जिन्सि प्रमुखहरु कहीं भेट नहुँदा बेलुका सहनी ब्रदर्स एण्ड सप्लार्यसको अफिसमा सहजै भेटन सकिने जगजाहेर नै छ ।

बाराको प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, जीतपुरसिमरा उपमहानगरपालिका तथा पर्साको कालिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, धोबिनि गाउँपालिका र पकहाँमैनपुर गाउँपालिका लगायतका पालिकाहरुको लेखा र जिन्सिका प्रमुखहरुलाई दशैं, तिहार, छठ र असार मसान्तको मौका छोपी मोटो कमिशन र भम्रणको सुबिधा उपलब्ध गराउदै आएको समाचार स्रोतले जनाएको छ ।

पकहा मैनपुर गाउँपालिकाका लेखापाल निरञ्जन प्रसाद पटेल, सहरी सघनका लेखापाल मुकेश प्रजापती, जितपुरसिमरा उपमहानगरपालिकाका शिवजी साह, ठोरी गाउँपालिकाका जिन्सी प्रमुख कृष्ण कार्की, जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, लेखापाल सन्देश कुशवाहा, धोबिनी गाउँपालिकाका लेखापाल धनञ्जय दास र जिन्सी प्रमुख प्रदिप प्रसाद कुर्मी, सखुवा प्रसौनी गाउँपालिकाका अरबिन्द ठाकुर, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गरी, लेखापाल अभिषेक कुमार साह, त्यसैगरी जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र जिन्सी प्रमुख चन्दनकुमार साह लगायतकाले सहनी ब्रदर्स एण्ड सप्लार्यसबाट कारोबार गरे वापत बिशेष सुबिधा पाउने गरेको स्रोतको दाबी रहेको छ ।

संदिप सहनीले आफना १४ वटा बिभिन्न फर्मबाट भारतबाट तस्करी मार्फत् ल्याएका सामानहरु स्थानिय तहहरुमा बिल बनाई बिक्रि गर्ने गरेको स्रोतको दाबी रहेको छ । पकहाँ मैनपुर गाउँपालिकामा कार्यरत एक कर्मचारीका अनुसार संदिप सहनीले सामान नै नदिई बिल मात्र उपल्बध गराउने र भुक्तानी भएको रकमको ८० प्रतिशत सम्म कमिशन वापत उपलब्ध गराउने गरेको बताए । एक अधिकृतले केही महिना पहिले जिल्ला समन्वय समिती पर्सामा सार्बजनिक रुपमै “गाउँपालिकामा सुचिकृत भएका फर्महरुबाट सामान खरिद गर्नु पर्ने हुन्छ । संदिप सहनी सँग करिब १२÷१३ वटा फर्महरु छन उनले सबैको सुचिकृत गराएका छन् ।

स्थानिय तहले एक वर्षमा एउटा फर्मबाट रु १० लाख सम्मको कार्य गर्न सक्छ र संदिप सहनी सँग करिब १२÷१३ वटा फर्म भएको कारण उनी सँग कार्य गर्न सजिलो हुने गरेको बताए ।” आ.व. २०७८÷०७९ को पकाहा मैनपुर, कालिकामाई, धोबिनी, पटेर्वा सुगौली, सखुवा प्रसौनी गाउँपालिकाको कार्यालयमा महालेखा परिक्षकको कार्यालयले अडिट गर्दा सामान नभएको तर बिलको भुक्तानी भएको तथ्यहरु देखाएको छ । सहनी ब्रदर्स एण्ड सप्लार्यस विरुद्ध एक कर्मचारीले अख्तियार अनुसन्धान आयोगमा उजुरी समेत दिएको जनाईएको छ । पर्सा, बारा जिल्लाका अधिकांश लेखापाल र जिन्सी प्रमूखहरुलाई मिलाएर संदीप सहनीले पलिकाहरुमा आतंक नैं मचाएका छन् । सहनी ब्रदर्शलाई विशेष प्राथमिक्तामा राखेर काम गर्ने लेखापालहरु निरन्जन पटेल, मुकेश प्रजापति र धनञ्जय दास रहेको समाचार स्रोतको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सामुदायिक अन्कपत्र स ...

रहमुल लहान ३ असोज सप्तरीको बलान बिहुल गाउँपालिकामा न्यायमा पहुँच सबलीकरण परियोजना अन्तर्गत सामुदायिक ...

सिरहाको महेशवारी बाट ...

ओम प्रकाश यादव  लहान २ असोज  । जिल्ला सिरहा मिति २०८१ भाद्र २८ गते १२:३० बजेको समयमा ...

नेशनल लघुवित्त र सगर ...

सिरहा, ०२ असोज । नेशनल लघुवित्त वित्तीय संस्था लि.र सगरमाथा चौधरी आँखा अस्पताल, लहानबीच मोतिविन्दु र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१