लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास हुँदै

  • भदौ २७, २०८१
  • ४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सनिउल्ला धोबी, भाद्र २७ । रुपन्देहीका प्रतिनिधि सभा सदस्य सांसद बासुदेव घिमिरेले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धिष्टहरुको लागि एक अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विस्तार हुँदै गएको बताउनु भएको छ । उहाँले विश्वविद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेकोमा क्याम्पसका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयको १२ औं स्थापना दिवसको अवसरमा बोल्दै सांसद घिमिरेले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा अलग पहिचान बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । चीन भ्रमणको सन्दर्भमा, उहाँले लुम्बिनीको सांस्कृतिक पहिचानसँग सम्बन्धित उत्पादनशील शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले यस विश्वविद्यालयलाई गत वर्ष प्रदेश सरकारले ८ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो । यस वर्ष संघीय सरकारको बजेट कटौतीका कारण सहयोग प्रदान गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयले माध्यमिक तहसम्मको शिक्षा लागू गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष प्रयास भइरहेको बताउनु भयो । करिब १५ देशबाट विश्वविद्यालयलाई सहयोग गर्ने इच्छा व्यक्त गरिएको र विशेष योजनाका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।राजिष्टार डा. तिलक राम आचार्यले विश्वविद्यालयले दाङ र रुपन्देहीमा शाखा विस्तार गरिसकेको र निकट भविष्यमा कपिलवस्तुमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको बताउनु भयो । कपिलवस्तुमा रहेको बुद्धसाइटलाई ध्यानमा राखी अनुसन्धान केन्द्रको जग्गा प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

क्याम्पस प्रमुख डा. नीर बहादुर गुरुङले क्याम्पसको १२ औं वर्षसम्ममा उल्लेखनीय उपलब्धिहरू हासिल भएको बताउनु भयो । विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले विभिन्न उच्च पदमा अवसर प्राप्त गरेको बताउनु भयो । उहाँले बुद्ध शिक्षालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा प्राध्यापक अन्जु खनाललाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । वार्षिक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको साथै छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्राध्यापक दायानिधी आचार्यले गर्नुभएको थियो, भने प्राध्यापक अन्जु खनालले स्वागत मन्तव्य दिनुभएको थियो । समारोहमा 'चर्किएको ऐना' नामक गीत संग्रह विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१