जिप्रका सिरहा मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई जसपा नेपालले बुझायो ज्ञापनपत्र

मुख्यमन्त्रीलाई जसपा नेपालले बुझायो ज्ञापनपत्र

  • भदौ २६, २०८१
  • ६३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान भदौ २६ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहाले विभिन्न माग राखी प्रधानमन्त्री र मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् ।  जिल्ला प्रशासन कार्यालय (जिप्रका) सिरहा मार्फत प्रधानमन्त्री कार्यालय र मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा एकसाथ ज्ञापनपत्र पठाएको हो ।

जसपा सिरहाका अध्यक्ष अशोक यादवको नेतृत्व पुगेका जसपा नेपालका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिष कुमार सिंहलाई  ज्ञापनपत्र बुझाएका छन । हालै सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति समावेशी नभएकोले राजदूत नियुक्त गर्दा मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदाय, खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न माग जसपा नेपाल  सिरहाद्वारा प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी मुख्यमन्त्री सिंह नेतृत्वको वर्तमान सरकारले शिक्षा क्षेत्रलाई नै तहस नहस पार्ने नियतबस मधेश प्रदेशमा संचालित विश्वविद्यालयहरुमा १० लाख मात्र बजेट विनियोजन गरी शिक्षा क्षेत्रलाई धराशायी बनाएको र अघिल्लो सरकारले संचालनमा ल्याएको मधेश प्रदेशको गौरवको रुपमा रहेको योजनालाई समाप्त पार्ने षड्यन्त्र गरेकोले बजेटको समुचित व्यवस्था गरी शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने  माग जसपा नेपाल सिरहाले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्र उल्लेख छ।

जसपा नेपालले राखेको जायज माग सम्बोधन प्रति प्रधानमन्त्री र मुख्यमन्त्री गम्भीर नदेखिएको खण्डमा चरणवद्ध आन्दोलनमा उत्रिनु बाध्य हुने ज्ञापनपत्रमा चेतावनी समेत दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ दाहालले ज्ञापनपत्रमा उठाइएको माग जायज भएकोले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई तुरुन्तै पठाउने प्रतिबद्धता व्यक्त गरे । जसपा नेपाल सिरहाको अगुवाइमा ज्ञापनपत्र  बुझाउने कार्यक्रममा जसपा केन्द्रीय सदस्य त्रिपुरा झ लगायतका प्रदेश सदस्य, जिल्ला पदाधिकारी तथा सदस्यहरू, जसपा निकट विभिन्न भातृ सङ्गठनका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

यसैगरी  जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासहितका विभिन्न सेवा लिन आएका सेवाग्राहीहरूलाई अनावश्यक दुख दिने गरेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।  अध्यक्ष अशोक यादवले सबै प्रमाणपत्र हुँदाहुँदै पनि दुख आम नागरिकलाई कर्मचारीहरूले दुख दिएको गुनासो बढेकाले यसलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न प्रजिअ दाहाललाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१