Siraha Times
ताजा समाचार

समाजवादी इन्जिनियर्स नेपाल जितको दावेदार

  • भदौ २५, २०८१
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २५ भदौ । नेपाल इन्जिनियर्स एसोसिएशन मधेश प्रदेशको तेस्रो कार्यकारीणी समितिको निर्वाचन भाद्र २८ गते हुन गइरहेको छ । उक्त चुनावमा ई. राजेश यादव नेतृत्वको प्यानल जितको प्रवल सम्भावना रहेको ई. विनित यादवले वताउनु भयो । ई. राजेश यादवको प्यानलले मधेश प्रदेशभरीका जिल्लाहरुमा रहेको ईन्जिनियरहरु संग समन्वय गरी आफ्ना १६ वुंदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गर्दै भोट मागीरहँदा लहानमा उक्त टोली ले ई. राजेश यादव प्यानललाई नै भोट किनको विभिन्न प्रश्नहरुको जवाव दिदै प्रचार प्रसार गरेका छन । क्रं. सं. ५ केन्द्रिय सदस्य पदको उम्मेदवार ई. संजिव नारायण यादव र सभापति पदका उम्मेदवार ई. राजेश यादव प्यानलले उम्मेदवार गरेको र उक्त प्यानललाई नै भोट दिन सम्पुर्ण एसोसिएशन सदस्यहरुलाई आग्रह समेत गर्नु भयो ।

त्यसै गरी अन्य पदका उम्मेदवारहरु क्र.सं. ५का ई. राम विनोद राय (उप–सभापति), आ. अंजु कुमारी यादव (सचिव), ई. मिथिलेश कुमार साह (सह–सचिव), इं मनिष केशरी (कोषाध्यष), सदस्य पदका उम्मेदवारहरु ई. संतोष साह (क्र.सं.४०) ई. नविन कुमार यादव (क्र.सं.४१) ई. रवि कुमार पटेल (क्र.सं.४२) ई. योगेन्द्र प्रसाद यादव (क्र.सं.४३) ई. संतोष कुमार झा (क्र.सं.४४) ई. अरुण कुमार यादव (क्र.सं.४५) ई. अमित कुमार यादव (क्र.सं.४६) ई. रवि भुषण कुमार (क्र.सं.४७) ई. ओम नारायण यादव (क्र.सं.४८) रहेको ई. राजेश यादवले जानकारि दिनु भयो । मधेश प्रदेशमा १७७८ सदस्य संख्या रहेको एसोसिएशनमा जनकपुर केन्द्रमा १४१२ र विरगंज केन्द्रमा ३६६ सदस्य संखया रहेको इं संजिव नारायण यादवले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१