Siraha Times
ताजा समाचार

जसपा नेपालद्वारा सिरहा क्षेत्र नं.-१ काे क्षेत्रीय भेला सम्पन्न:

  • भदौ २४, २०८१
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सितल साह, लहान, २४ भदौ – जनता समाजवादी पार्टी नेपालले लहानमा सिरहा क्षेत्र नं.- ०१ काे भव्य क्षेत्रीय भेला सम्पन्न भएको छ। कार्यक्रममा मधेस प्रदेश सांसद राजकुमार गुप्ता (राजु) प्रमुख अतिथिका रुपमा उपस्थित थिए, भने मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेश सांसद ललिता दास बिद्रोही, र जिल्ला अध्यक्ष अशोक यादव,जि.स.स प्रमुख दिनेश महताे, लहानका उपमेयर रामचलितर महताे,समाजवादी बिधार्थी संघका उपाध्यक्ष दिपेश यादब, समाजबादि बिधार्थि संघका सिरहा जिल्ला अध्यक्ष उमेश साह लगायतका विशिष्ट अतिथिहरू थिए। क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरू र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो भेलाको मुख्य उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने र जनतासँगको सीधा सम्बन्ध सुधार्ने रहेको छ। कार्यक्रमको दौरानमा, राजकुमार गुप्ताले मधेस प्रदेशको नामाकरणमा जसपा नेपालको महत्वपूर्ण योगदानको चर्चा गरे। उनले प्रदेशको नाम नदि, नाला, र खोलासँग जोडिएको उल्लेख गर्दै अन्य प्रदेशहरूको नामकरणमा रहेको विवादलाई पनि इंगित गरे।

गुप्ताले पार्टीको चार महिनाको अभियान अन्तर्गत मधेश प्रदेशको पहिलो क्षेत्रीय भेला सिरहा क्षेत्र नं.-१ मै आयोजना गरिएको जानकारी दिए। यस क्रममा, उनले पार्टी र जनसरोकारमा फोकस गर्दै काम गर्नुपर्नेमा जोड दिए। उनले, “भाषण गरेर मात्र हुदैन, काम पनि गर्नु पर्छ। जनताका समस्याहरू संकलन गरेर समाधानतर्फ जानू पर्छ” भने। पार्टीले ५६ बुँदे मागका आधारमा संविधान संशोधन र पालिकाका हकहितका मुद्दामा जनतासँग समन्वय गर्दै संगठन विस्तार गर्नुपर्ने विचार राखे।

उनले भ्रष्टाचार र जनप्रतिनिधिहरूको कार्यसम्पादनको समीक्षा गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए। नेता गुप्ताले अहिले मधेस प्रदेशमा एमबिबिएस पढन लाई मधेश स्वास्थ्य बिज्ञान प्रतिशठानमा ५० सिट प्राप्त गर्न जसपा नेपालको योगदान रहेको र यसलाई जसपा नेपालल तथा उपेन्द्र यादवको सपना भनेर परिभाषित गरे। उनले, “आज जनमत नेतृत्वको सरकारले संघीयतालाई सखाप पार्ने रणनीति बनाएको छ” मधेशमा जनमत नेतृत्वको सरकार अहिले कठपुतलीकाे सरकार हाे भन्दै यसले संघीयता समाप्त पार्नमा काङ्ग्रेस , एमालेलाई सहयाेग गरिरहेकाे नेता गुप्ताले बताएका छन। समाप्त कार्यक्रममा मधेश प्रदेश अध्यक्ष बालकिशाेर यादब लगायत एक दर्जन भन्दा बढी नेता वक्ताहरूले आफ्नो मन्तव्य राख्दै चार महिनाको अभियानमा सक्रिय सहभागी हुन सबै नेता तथा कर्याकर्ताहरुमा आग्रह गरे

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१