ताजा समाचार

शहिदनगरमा OSCSRC संस्थाले एम्बुलेन्स ल्याइयो

  • वैशाख १९, २०७६
  • १०८४ पटक पढिएको
  • राजन सिंह
alt

जनकपुरधाम, १९ बैशाख । ॐ शक्ति सामुदायिक अध्ययन अनुसंधान केन्द्र (OSCSRC) शहिदनगर न.पा.८ बिसरभोराले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छन् । नगर विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र मजबुत बनाउको लागि नगरका जनताहरुको चाहना अनुसार नगरमा एम्बुलेन्स ल्याएको बताइएको छ । OSCSRC संस्थाको अध्यक्ष बिनोद रोहिताले विकासको अनूभूति दिनको लागि स्थानीय सरकार , प्रदेश सरकार , केन्द्रीय सरकार संग पहल गरेर विशुद्ध विकासको लागि हरेक तवरबाट जनताप्रति समर्पित रहेको बताए ।

उनले भने, "टेन्डर मार्फत संस्थामा एम्बुलेन्स मगाएको छु । नगरका जनताले चाहेको बेला उपभोग गर्न सकिने छ । दुर्गम र विकट क्षेत्रबाट सदरमुकामसम्म पुग्नको लागि सकडको अवस्था केही सुधार भएपछि र जनताको चाहना अनुसारै माननीय उमाशंकर अरगरिया ज्यूको संसदीय बिकास कोषबाट एम्बुलेन्स खरिद गरेका हौ । त्यसको लागि हामीले टेन्डर आव्हान गरेका थियौ । टेन्डर मार्फत एम्बुलेन्स खरिद गरि ल्याएका छौँ, अब यस क्षेत्र ,नगरको जनताले आकस्मीक सेवाको लागि शहरतर्फ जानुपर्दा तत्कालै २४ सै घण्टा उपलब्ध हुनेछ ।"

यस्तो विकट र दुर्गम क्षेत्रमा एम्बुलेन्स आएपछि स्थानीयहरुमा हर्ष छाएको छ । एम्बुलेन्स आएपनि विधिवत रुपमा यस हप्ताको भित्रमा माननीय अरगरिया ज्यूसंग उद्घाटन गराएर २४ सै घण्टा सेवा दिने प्रतिवद्धता पनि जाहेर गरे । उनले भने, अहिले पनि विभिन्न अस्पतालद्धारा एम्बुलेन्स सँचालित छ , तर राती १२ बजेपछि फोन गर्दा एउटा नै उपलब्ध हुँदैन, कोही फोन पनि उठाउँदैन, यस्तो अवस्थामा हामीले २४ सै घण्टा तैनाथ रहनेगरी चालक राख्नेछौँ । परेको जतिसुकै बेला पनि हाम्रा नगर , क्षेत्र जनताले सास्ती भोग्न नपरोस् । यो OSCSRC संस्थाले नगर , क्षेत्रको जनताप्रति नै समर्पित छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤