Siraha Times
ताजा समाचार

प्रहरी निरीक्षक वीर बहादुर सुनार सम्मानित

  • भदौ १८, २०८१
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी  विजयनगर राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तुले तिज मिलन कार्यक्रम सम्पन्न गरेको । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न.५ चन्द्रौटा स्थित होटेल के लियो मा भएको हो ।  शान्ति सुरक्षा मार्फत सदियाै देखि जातिय तथा लैगिक विभेदको मारमा परेका दलित समुदाय, महिला ,बालबालिकाकाे अधिकार काे पक्षमा निरन्तर निर्भीकता का साथ वकालत गर्दै आउनु भएका ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन के.सि.ले सम्मानित हुनुभएका वीर बहादुर सुनारलाई बधाई तथा शुभकामना दिनुभयो । तिज पर्वलाई धेरै भड्किलो र खर्चिलो नबनाउन चेलिबेटीहरुलाई अनुरोध समेत गर्नुभएको थियो।  यस्तै कार्यक्रमकि बिशिस्ट अतिथि मानव अधिकारकर्मी मिना परियारले हामी नारीहरुले आफूसङ्ग जे छ त्यसैमा रमाउन पर्छ बताउनुभयो । धेरै महँगो लुगाकपडा किन्नु भन्दा थोरै खर्च गरेर धेरै बचत गर्नुपर्ने र बचेका रकमले बालबालिकाको पढाईमा खर्च गर्नु पर्ने बताउनु भयो। सदियो देखि हाम्रो समुदायलाई पछाडी परिएको छ अब हाम्रो समुदाय एकजुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो । 

सम्मानित हुनुभएका ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले सम्मानित हुन पाउँदा निकै हर्सित भएको बताउनुभयो। हाम्रो समुदाय तथा नेपाली जनताको लागि सदैव निस्पक्षमा रुपमा काम गर्ने बताउनुभयो । पीडित पक्षमा उभिएर वकालत गर्ने बताउनु सुनाराले बताउनुभयो।  कार्यक्रममा पुर्व बन तथा बाताबरण मन्त्री, लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन के.सि. , मानव अधिकारकर्मी मिना परियार, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य दिनेश पुन , नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल , विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१