मधेस बिद्रोह बाट प्राप्त उपलब्धिमाथी प्रहार गर्ने प्रयास गरिए भिषण आन्दोलन गर्ने उपेन्द्रको चेतावनी

  • भदौ १५, २०८१
  • ४७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ १५ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास गरिए मुलुकलाई भिषण आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन । जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनले स्थापित गराएको समानुपातिक समाबेशी प्रणालीलाई समाप्त पार्ने षड्यन्त्र गरिए जसपाले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन ।

May be an image of 2 people and text

समानुपातिक समाबेशी प्रणालीले बिभेदमा परेका समुदाय बर्गको पहुँच शासन सत्तामा पुगेको उल्लेख गर्दै अध्यक्ष यादवले शासन सत्तामा उपेक्षित बर्गको पहुँच ठुला दलहरूले पचाउन नसकेर षडयन्त्र गर्न थालेको आरोप लगाए । जसपा नेपालको आधारभुत संगठन निर्माण अभियान आन्दोलनको पहिलो खुड्किलो रहेको उल्लेख गर्दै अध्यक्ष यादवले दोश्रो चरणमा वडा देखि प्रदेश सम्मको अधिबेशन सकेर तेस्रो चरणमा आन्दोलनको शंखनाद हुने उद्घोष गर्नु भयो । शोषित पीडित बर्ग अझै अधिकार सम्पन्न हुन नस्केको उल्लेख गर्दै अध्यक्ष यादवले आन्दोलनको विकल्प नरहेको बताउनु भयो ।

May be an image of one or more people and crowd

एक फरक प्रसंगमा अध्यक्ष यादवले नेपाली कांग्रेस र कम्युनिष्टले देशको कयापलट गर्छु भन्नू हस्यास्पद रहेको बताउदै कांग्रेस र कम्युनिष्ट मिलेरै देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ ।

May be an image of 9 people and text

उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् । अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन । अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ ।

May be an image of 7 people, dais, temple and text

May be an image of 6 people and wedding

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीको स ...

लहान, २४ भदौ । यो सखुवान्नकारक‌ट्टी गाउँपालिका विद्यार्थीको जीवनसँग खेलवाड गर्न नचाहेको हो। गुण ...

किसान कार्ड मार्फत क ...

रहमुल लहान २३ भदौ राष्ट्रिय कृषक समुह महासंघ नेपाल द्वारा CARE नेपाल को सहयोग र सखुवानन्कारकट्टी गाउ ...

मधेशमा पहिलोपटक सरका ...

रहमुल लहान २३ भदौ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्ना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१