Siraha Times
ताजा समाचार

स्वतन्त्र नाई संघको स्थापना नयाँ पदाधिकारी चयन

  • भदौ ११, २०८१
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ११ भदौ । आजको मितिमा स्वतन्त्र नाई संघको स्थापना भएको छ। र यसै मितिमा संघको पहिलो अधिवेशन पनि सम्पन्न भएको छ। अधिवेशनको निर्णयअनुसार निम्न सदस्यहरूले मिलेर नयाँ संगठन तयार गरिएको छ। संगठनको नाम: स्वतन्त्र नाई संघ स्वतन्त्र नाई संघले अन्य हजाम र नाईसँग सम्बन्धित संघ संस्थाहरूभन्दा फरक, स्वतन्त्रता झल्काउने नयाँ पहिचानको रूपमा आफूलाई प्रस्तुत गरेको छ। आजको विशाल अधिवेशनको क्रममा नयाँ केन्द्रीय समिति विस्तारको निर्णय भएको छ। यसै सन्दर्भमा भदौ ११ गते, मंगलबारका दिन काठमाडौंको चाबहिलस्थित ए वन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सबै नाई, सैलुन तथा पार्लर व्यवसायी र शुभेच्छुक महानुभावहरूको उपस्थिति रहेको थियो।अधिवेशनको कार्यक्रम दिनको १२ बजेबाट सुरु भएको थियो।

केन्द्रीय समितिका पदाधिकारीहरू:

* संस्थापक केन्द्रीय अध्यक्ष : अजय ठाकुर (निराला)

* संस्थापक महासचिव : माेहन ठाकुर प्रथम महाधिवेशन सम्मका लागि कार्यवाहक केन्द्रीय कमिटी यश प्रकार रहेका छन् :

- कार्यवाहक केन्द्रीय अध्यक्ष: गंगा ठाकुर हजाम

- वरिष्ठ उपाध्यक्ष: सन्तोष कुमार ठाकुर

- केन्द्रीय उपाध्यक्ष: कृष्ण ठाकुर हजाम

- केन्द्रीय उपाध्यक्ष: राम भरोस ठाकुर हजाम

- केन्द्रीय उपाध्यक्ष: सुदीप ठाकुर

- केन्द्रीय उपाध्यक्ष: छविलाल ठाकुर कार्यवाहक

- केन्द्रीय महासचिव: महादेव ठाकुर

- केन्द्रीय उपमहासचिव: राम लखन ठाकुर

- केन्द्रीय सचिव: राजाराम ठाकुर

- केन्द्रीय सचिव: दीप नारायण ठाकुर

- केन्द्रीय सचिव: शिवनारायण ठाकुर

- केन्द्रीय कोषाध्यक्ष: अक्षयलाल ठाकुर

- केन्द्रीय सदस्य: कृष्णा ठाकुर

- केन्द्रीय सदस्य: प्रमोद ठाकुर

- केन्द्रीय सदस्य: उतिमलाल ठाकुर

- केन्द्रीय सदस्य: संजय ठाकुर

- केन्द्रीय सदस्य: सुरज ठाकुर

- केन्द्रीय सदस्य: जगदेव ठाकुर

महिला केन्द्रीय सदस्यहरू: २ वटा पद खाली जम्मा २१ सदस्यीय केन्द्रीय समितिको निर्माण गरिएको छ। यो संघ स्थापनाको उद्देश्य देहाय बमोजिम रहेका छन् ।

१. यो संस्थाले नेपालमा रहेका नाई, ठाकुर, हजामको लागि काम गर्ने र नि:शुल्क रेटकार्ड र प्रमाणपत्र वितरण गर्ने छ ।

२. देशभरका नाई (ठाकुर) श्रमिकलाई संगठित गर्नेछ र प्रत्येक बैठक प्रत्येक्ष प्रसारण (live meeting) गर्नेछ ।

३. सहकारी संस्थाको स्थापना गर्ने ।

४. बिमा कम्पनीसंग समन्यन गर्ने ।

५. यस संघमा आवद्ध नाई व्यवसायीहरुलाई निःशुल्क मुल्यसुची र आवद्धता प्रमाण-पत्र प्रदान गरिनेछ ।

६. कुनै पनि सरकारी निकाय तथा वैदेसिक रोजगारमा नाई सम्बन्धित काममा जादा यस संघवाट प्रमाणपत्र प्रदान गरिनेछ ।

७. कुनै पनि घरेलु तथा साना उधोगबाट तालिम लिई प्रमाणपत्र लिएमा एस सघंमा अनिवार्य सुचिकृत गराएमा मात्र मान्य हुनेछ । ८. मजदुर र रोजगारदाता बीचको सम्बन्ध राम्रो बनाउन प्रयत्न गर्ने ।

९. सरकारसंग समन्यन गरी वैदेशिक रोजगारसंग समन्यन गर्ने ।

१०. आई. एन. जि. ओ. र एन. जि.ओ. संग समन्यन गरी तालीम संचालन र सिप वृद्धिका लागी समन्यन गर्ने ।

११. सिप वृद्धिका लागी संघिय, प्रदेश र स्थानिय निकायसंग बजेट विनियोजन गराउनेछ ।

१२. नाई पेषा सम्बन्धित विभिन्न कार्यक्रम तथा प्रतियोगीताहरु संचालन गरी पुरस्कृत तथा सम्मान गर्ने

१३. विभिन्न सामाजिक, धार्मिक, सांस्कृति, शैक्षिक समारोह, सभा, सेमिनार, गोष्ठी इतयादि आयोजनाको सञ्चालन गर्ने, गराउने । १४. आवश्यक सिपमूलक प्रसिद्ध (कपाल काट्ने व्युटीपार्लरको काम तथा अरु पनि विभिन्न मर्मत सम्भारका) तालिम प्रदान गर्ने ।

स्वतन्त्र नाई संघको औपचारिक स्थापना भएको छ र संघको पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ केन्द्रीय समितिको गठन गर्दै नाई, सैलुन, र पार्लर व्यवसायीहरूको सहभागिता देखियो।

 

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१