Siraha Times
ताजा समाचार

युवतीको मृत्युपछि कैलाली तनावग्रस्त, प्रहरी सहित ७ जना घाइते …(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • वैशाख १७, २०७६
  • ८४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

धनगढी १७ बैशाख । ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ। लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो। अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ। बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन्। आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए। सडकमा टायर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र हवाई फायरसमेत गरेको छ। सोही क्रममा रबरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ। झडपमा प्रहरी र आन्दोलनमा उत्रिएका स्थानीय गरी ७ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उचार भइरहेको कैलालीका एसपी आभुषण तिमल्सिनाले बताए। लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्कने क्रममा पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिँदा रावलको घटनास्थलमा नै मृत्यु भएको हो। घटनापछि चालक फरार छन्। सडक सुचारुका लागि अहिले सर्वदलीय बैठक बसिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प् ...

बरियारपट्टि सीमामा त ...

लहान जेष्ठ २६। नेपाल–भारत सीमावर्ती सिरहाको बरियारपट्टि क्षेत्र पछिल्लो समय तस्करीको प्रमुख ट् ...

मोबाइल नष्ट गर्ने नि ...

लहान जेष्ठ २६ । एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्टवाच नष्ट गरिएको निर्णयप्रति असन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१