त्रिनेत्र माविकाे अध्यक्षमा पुन: विजय कुमार कुर्मी चयन

  • भदौ ८, २०८१
  • ५२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ मधुनगर-साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा पुनः विजय कुमार चाैधरी चयन भएका छन् । दाेस्राे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चाैधरी चयन भएका हुन् ।

अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चाैधरीकाे नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक बालजी चाैधरीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा राम प्रकाश यादव, रामराज पाल, महिलातर्फ सावित्री पासी, चन्द्रावती गिरी र मनाेनितमा महिला सदस्यमा दुरपाती कोरीलाई चयन गरिएको विद्यालयले जनाएको छ ।

यस्तै विद्यालय व्यवस्थापन समितिकाे सदस्य सचिवमा प्रधानाध्यापक बालजी चाैधरी, शिक्षक प्रतिनिधिमा सुशिला देवी कुर्मी र पदेन सदस्यमा वडा अध्यक्ष दिनेश कुमार चाैधरी गरि ९ जना सदस्यसहितको व्यवस्थापन समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ । यसैगरी राम खेलावनकाे संयाेजकत्वमा शिक्षक अभिभावक संघ समेत गठन भएको विद्यालयले जनाए ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१