Siraha Times
ताजा समाचार

हजमा खर्च भई बचेको रकम फिर्ता हुन्छ:- सदस्य मिर्जा

  • साउन २९, २०८१
  • ८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ । हज समितिले आज एक सूचना प्रकाशित गर्दै उक्त रकम फिर्ता गर्न लागिएको सदस्य मिर्जा रासिदले बताउनुभएको छ। सन् २०२४ को हजमा नेपालबाट जाने यात्रुहरूबाट नेपाल हज समितिले प्रति व्यक्ति रू चार लाख १५ हजार सङ्कलन गरेकोमा प्रति व्यक्ति रू ३ लाख ९१ हजार ५९३ मात्र खर्च भएकोले २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्न लागिएको हो । हजमा सहभागी सबै हाजीहरूले आफ्नो बैंक खाताको विवरणसहित आवेदकको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक महिना भित्र आफ्नो विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१