Siraha Times
ताजा समाचार

वीरगंजमा धमाधम लाईसेन्स विक्री हुदै, नियमनकारी निकाय मौन !

  • साउन २५, २०८१
  • १२९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २५ साउन। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा साउन १७ गते बिहिवार देखि लाईसेन्स (अनुमति पत्र) को किनबेंच धमाधम भईरहेको समाचार प्रकाशमा आएको छ । १७ गते बिहिवार, २० गते आईतवारको लिखित परीक्षाको ट्रायल १८ र २१ गते र रिट्रायल २३ र २४ गते भएको सर्वविदितै नै छ । सो परीक्षा र ट्रायलमा सहभागी भएको परीक्षार्थीहरु सँग हालसम्म करिब २ करोड असुलिएको समाचार स्रोतले जनाएको छ ।

कार्यालय प्रमुख कमल गौतम विशेष कामले बिदामा रहेर अर्कैलाई निमित्तको जिम्मेवारी दिएपनि असुली गर्ने मुख्य जिम्मेवारी सो कार्यालयमा करारमा कार्यरत्त ड्राईभर शम्भु गुरुङ्गलाई नै दिएको ती स्रोतको भनाई रहेको छ । ड्राईभर शम्भु गुरुङ्ग करिब २५ वर्ष देखि सो कार्यालयमा अडा जमाउदै अप्रत्यक्ष रुपमा कार्यालय प्रमुखको भुमिकामा रहने गरेका छन् ।

उनी सेवाग्रहीहरु सँग रकम असुल्नैका लागि आफ्ना नातेदारहरु चितवन निवासी संदिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक र धरान जिल्ला निवासी सुमन मगरलाई आफु सँगै राख्ने गरेको र हाल करिब एक हप्ता अगाडि देखि थप दुई जनालाई बोलाएको स्रोतको कथन रहेको छ ।

ड्राईभर शम्भु गुरुङ्गले करारमा नियुक्ती लिए पनि उनका नातेदारहरुको नियुक्ती नरहेको स्रोतले जनाएको छ । यस अनलाईनले करिब एक हप्ता अगाडि यातायातको कालाकर्तुतहरुबारे समाचार प्रकाशन गर्दा ड्राईभर शम्भु गुरुङ्गले ट्राफिक, अख्तियार दुरुपयोग अनुसन्धान लगायतका नियमनकारी निकायहरुलाई मिलाएर नै आफुहरु काम गरिरहेको हुनाले समाचारले केही फरक नपर्ने भन्दै सेवाग्रहीहरुलाई आश्वस्त पार्दै आएको उनको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो । मोटरसाईकलको परीक्षार्थीहरु सँग जनही १० हजार, कारको परीक्षार्थीहरु सँग १५ हजार र टेम्पो, ईरिक्साका परीक्षार्थीहरु सँग १३ हजारको दरले रकम असुली गरिएको जनाईएको छ ।

जो सुकै कार्यालय प्रमुख आए पनि सवारी चालक अनुमति पत्रमा सेवाग्रहीहरुबाट आएको घुसको असुलीको रकम व्यवस्थापन गर्ने देखि लिएर मुख्य काम गुरुङ्गले नै गर्ने गरेको जानकारहरु बताउंदछन् । कुन नियमनकारी निकायलाई कति र कहाँ के गर्नु पर्ने हो, सो को मुख्य भुमिका ड्राईभर शम्भु गुरुङ्ग नै गर्ने भएकोले उनको आम्दानी अथाह रहेको स्रोतको कथन छ । सवारी चालक अनुमति पत्रको आम्दानी जति भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको भागमा १५ प्रतिशत पर्छ भने अन्य रकमहरु नियमनकारी निकाय र कार्यालयको कर्मचारीहरुको भागमा पर्ने गरेको स्रोतले जनाएको छ ।

लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको विशेष भुमिका रहने गरेकोले प्रहरी निरीक्षक खतिवडाले आफ्ना विश्वासिलो प्रतिनिधि पठाई “तै चुप, मै चुप”को अवस्था सृजना गरेको कारण खतिवडालाई १५ प्रतिशत भाग जाने गरेको कार्यालय सम्बद्ध स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१