सप्तरीको वडाध्यक्ष घुस सहित रंगेहात पक्राउ

  • वैशाख १६, २०७६
  • ६२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान । सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाअध्यक्ष शिल्टु मियालाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिईरहेका बेला वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको हो । मियाँमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सरकारले ०७५ साल १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् । प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक वर्ष नबित्दै विभिन्न सरकारी कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ पर्नेको संख्या दिन दिनै बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१