ताजा समाचार

१५ दिने मिथिला पेन्टिंग तालिम शुरु

  • वैशाख १५, २०७६
  • १७०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह बैशाख १५ धनुषाको गंगुलीमा आईतवारदेखि १५ दिने मिथिला पेन्टिंग तालिम शुरु भएको छ । मैथिली महिला कला केन्द्र जनकपुरको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा शुरु भएको सो १५ दिने मिथिला पेन्टिंग तालिममा ३० जना महिलाको सहभागिता रहेको छ । मैथिली महिला कला केन्द्र जनकपुरका अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवले महिलाको विकास नभएसम्म देश विकास नहुने भएकाले महिलाहरुलाई सिपयुतm बनाउन आग्रह गरे । तालिमले महिलाहरुलाई आत्म निर्भर बनाउने भएकोले तालिमको सदुपयोग गर्न उनले आग्रह गरे । आगामी दिनमा समेत आफु महिलाहरुका लागि यस्ता तालिमहरुलाई ग्राहयताका साथ अगाडि बढाउने बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका छन । कार्यक्रममा नगराईन नगरपालिकाकी उपप्रमुख मंजुदेवी साह , नगराईन नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विषणुदेव झा , वडा सदस्य राजकुमारी देवी , नेपाल प्रेस युनियन धनुषाका सदस्य किशोर कुमार मंडल , पत्रकार ओमप्रकाश साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤