१५ दिने मिथिला पेन्टिंग तालिम शुरु

  • वैशाख १५, २०७६
  • १३५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह बैशाख १५ धनुषाको गंगुलीमा आईतवारदेखि १५ दिने मिथिला पेन्टिंग तालिम शुरु भएको छ । मैथिली महिला कला केन्द्र जनकपुरको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा शुरु भएको सो १५ दिने मिथिला पेन्टिंग तालिममा ३० जना महिलाको सहभागिता रहेको छ । मैथिली महिला कला केन्द्र जनकपुरका अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवले महिलाको विकास नभएसम्म देश विकास नहुने भएकाले महिलाहरुलाई सिपयुतm बनाउन आग्रह गरे । तालिमले महिलाहरुलाई आत्म निर्भर बनाउने भएकोले तालिमको सदुपयोग गर्न उनले आग्रह गरे । आगामी दिनमा समेत आफु महिलाहरुका लागि यस्ता तालिमहरुलाई ग्राहयताका साथ अगाडि बढाउने बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका छन । कार्यक्रममा नगराईन नगरपालिकाकी उपप्रमुख मंजुदेवी साह , नगराईन नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विषणुदेव झा , वडा सदस्य राजकुमारी देवी , नेपाल प्रेस युनियन धनुषाका सदस्य किशोर कुमार मंडल , पत्रकार ओमप्रकाश साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१