Siraha Times
ताजा समाचार

नेकपा एसको महाधिवेशन प्रतिनिधिको लागि पर्सा क्षेत्र नं. ४ बाट राघव साह र भोल महतो निर्विरोध निर्वाचित

  • असार ७, २०८१
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज असार  ७ । “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं” भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गते सम्म काठमाडौंमा सम्पन्न हुन गईरहेको छ । सो महाधिवेशनमा भाग लिनको लागि देशको ७७ वटै जिल्लामा जोडतोडका साथ प्रतिनिधि छनौट प्रक्रिया जारी रहेको छ । सोही क्रममा पर्सा जिल्लाको ४ नम्बर क्षेत्रमा प्रतिनिधि छनौट प्रक्रियाको काम सम्पन्न भएको छ ।

सो क्षेत्रमा २५७ जना पार्टी संगठित सदस्य रहेकोले महाधिवेशनको मापदण्ड अनुसार १२५ जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि छनौट गर्ने प्रावधान रहेकोले सो क्षेत्रबाट दुई जना मात्र प्रतिनिधि जाने निश्चित भएकोले सोही अनुसार सदस्यहरुले राघव साह र भोला महतो थारुलाई निर्विरोध निर्वाचित गराएको निर्वाचन अधिकृत शंकर कुमार कर्णले बताए । सो क्षेत्रमा पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष गंगा बहादुर खडका, केन्द्रिय प्रचार विभाग सदस्य राघव साह र पार्टी पर्साका जिल्ला सचिवालय सदस्य भोला महतो थारुको उम्मेदवारी परेको थियो । तीन जना उम्मेदवार मध्ये खडकाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साह र महतो निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कर्णले बताए । पर्सा जिल्लाको अन्य क्षेत्रहरुको हकमा नेताहरुले सर्वसहमतको प्रयास गर्दै छलफल जारी राखेको पर्सा पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१