ताजा समाचार

मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

  • असार ४, २०८१
  • ११४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, अषाढ ४ । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियंता , तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण लुंबिनी आयुर्वेदका चिकित्सक डॉ प्रवेश श्रीवास्तव , कपिल वस्तु आयुर्वेद का प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्र का कबीराज डॉ नागेश्वर मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन न सर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वस्थ जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संतोष, सत्वृतिको पालनमा जोड़ दिनुपर्ने सहभागी माझ जानकारी गराएका थिए।

कार्यक्रम समापनको अवसरमा बरिष्ठ शिक्षक श्री मुन्नालाल श्रीवास्तव, नागरिक अभियंता विनय गिरी ,नगर प्रवक्ता हरिपाल चतुर्वेदी, नागरिक अभियंता विनय शर्मा, लगायतका वक्ताले आफ्नो जीवन उत्पन्न दीर्घ कालीन रोग नियंत्रणमा योग, तथा आयुर्वेदले खेलेको भूमिकाको अनुभव तथा योग ध्यान आपरिहार्यता बारे प्रष्ट पर्नु भयो तथा वार्ड अध्यक्ष कृष्ण कुमार गुप्ताले कर्यक्रम समापनको अवसरमा बोल्दै यस्ता कर्यक्रम सप्ताह ब्यापि रूपमा संचालनको अवश्यकता औल्याउदै अगामी दिनमा आफ्नो वार्ड बाट संचालनको प्रतिब्धता ब्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

यादव सेवा समाज कतारद ...

लहान कार्तिक १८ । यादव सेवा समाज कतारको आयोजना तथा ग्लोबल कलेज प्लस टुको सह–आयोजनामा सिरहाको ल ...

अधिकृत रामसुन्दर महत ...

रन्जित चौरसिया वीरगंज १८ कातिक । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतो ...

लहानमा घर–घरमा शौचाल ...

ओम प्रकाश यादव, लहान, १८ कात्तिक । घरमा शौचालय निर्माण गर्नु एउटा उपलब्धि हो, तर निर्माण गरिएको शौचा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤