ताजा समाचार

जनकपुरमा विश्व भेटनरी दिबस मनायो 

  • वैशाख १४, २०७६
  • १२६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल जनकपुरधाम,बैशाख १४ गते ।’पशुपन्छी ब्लड बैंक स्थापना गरौं ,पशुपन्छीको जीवन रक्षा गरौं ‘ भन्ने मुल नाराका सहित शनिबार जनकपुरमा विश्व भेटेरिनरी दिवस मनाएका छन । शनिवार बिहान करिब ८ बजे विश्व भेटेरिनरी दिवसको अवसर पारी विशाल प्रभात फेरि जनकपुरको कदम चौक बाट र्याली सुरु भएको थिए। त्यसैगरि भानु चौक,जनक चौक,मुरली चौक लगाइत विभिन्न चौक सहित परिक्रमा गरि क्याम्पस चौक स्थित रहेका पशु पन्छी तथा मत्स बिकास निर्देशनालयमा फर्किएर तालीम भवनमा अन्तक्रिया कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका नि.सचिव डा.सुधीर कुमार सिंह, विशिस्ट अतिथि नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का अध्यक्ष डा.जय प्रकाश यदव,डा.श्म्भु प्रसाद साह,डा.उमेश साह,डा.जिबेन्द्र झा त्यसैगरि अतिथिमा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का सचिब डा.पुश्पेन्द्र साह,सदस्य डा.सुमन कुमार सिंह,पुर्ब केन्द्रिय सदस्य डा.बिनोद कुमार यादव , बजरङ्ग भेटेरिनरी पशु चिकित्सक डा.पवन कुमार झा,डा.दिपेन्द्र पन्डित,डा.रोशन राजन शाह र डा.उदय शाह लगाइतका डाक्टरहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमका पशुपन्छी निर्देशनालयका नि.निर्देशक डा.देवनन्दन साहको अध्यक्षतामा सम्पन्न भएको र विश्व भेटेरिनरी दिवसको अवसरमा हरेक वर्ष अप्रिलको अन्तिम शनिबारका यस्ता कार्यक्रम गर्दै आएको पशु प्राविधिक (जेटि ) सुभाष चौधरीले बताए । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤