ताजा समाचार

आमा बनेपछिकी करिना कपूरको फिटनेस रहस्य ‘पाइलेट्स एक्सरसाइज’ (भिडियो) –

  • चैत २२, २०७४
  • ६८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

एजेन्सी। बलिउडमा आकर्षक र सबैभन्दा फिट अभिनेत्रीमा करिना कपूरको नाम सबैभन्दा अग्रपंक्तिमा छ । उनी फिटनेस, लुक्स र फेसनका लागि सधैं सजग रहन्छिन् । शैफ अलि खानसंग बिहे गर्नुअघि जिरो फिगरका लागि फिल्म उद्योगमा चर्चित थिइन्। बिहेपछि उनी आमा पनि बनिन् । तर त्यसपछि उनले करिब १२ किलो तौल घटाएर चर्चामा आइन् । गर्भवती र आमा बनेपछि हुने शारीरिक परिवर्तनलाई हराएर पहिलेजस्तै बोल्ड शरीर बनाउन सफल भइन् ।यो सफलताका पछाडि उनले नियमित रुपमा गर्ने अभ्यास नै मुख्य कारण मानिएको छ, जसलाई ‘पाइलेट्स एक्सरसाइज’ भनिन्छ।केही समययता बलिउड अभिनेत्रीबीच ‘पाइलेट्स एक्सरसाइज’ निकै लोकप्रिय छ । दीपिका पादुकोण, आलिया भट्ट, क्याटरिना केफ र ज्याक्लिन फर्नान्डिसजस्ता चर्चित अभिनेत्रीहरुले यो अभ्यासबाट फिटनेस प्राप्त गरेका छन् । यद्यपि यो त्यति सजिलो भने छैन । हालै करिनाकी पर्सनल ट्रेनर नम्रता पूरोहितले करिनाको फिटनेस रहस्य ‘पाइलेट्स एक्सरसाइज’ भएको बताउँदैं केही तस्बिरहरु सन्चारमाध्यममा सार्वजनिक गरेकी थिइन्।

के हो पाइलेट्स एक्सरसाइज ?
फिटनेसका क्रेजीका लागि यो अभ्यास संसारभर नै लोकप्रिय भइरहेको छ । बलिउडका अलावा हलिउडमा पनि यसका प्रशंसक छन् । यो अभ्यासको वास्तविक नाम कन्ट्रोलोजी हो, यो नाम अध्ययनकर्ता जोसेफ पाइलेटले राखेका थिए । तर पछि उनै पाइलेटको नाममा यसको नाम पाइलेट्स एक्सरसाइज भयो।केही पाइलेट्स अभ्यास गर्न केही मेसिन आवश्यक पर्छ । तर प्रारम्भिक खालको अभ्यास भने घरमै बसेर गर्न सकिन्छ । यो शरीरको लचकपन (फ्लेक्जिबिलिटी) र मजबुतीका आधारमा गर्नुपर्ने हुन्छ । यसबाट दिमाग ताजा राख्न सकिन्छ । यसका अनुसन्धानकर्ता जोसेफ पाइलेटका अनुसार दिमागले नै शरीरको मांसपेशी नियन्त्रण गर्छ ।
यसका फाइदा
पाइलेट्स एक्सरसाइज नियमित अभ्यास गर्नाले शरीरको कुनै पनि प्रकारको चोट चाँडै निको हुने दाबी गरिन्छ । जोसेफ पाइलेटले दोस्रो विश्वयुद्धमा घाइते भएका सैनिकको उपचारका लागि यो अभ्यास पत्ता लगाएका थिए । यसबाट शरीरमा अक्सिजनको मात्रा कायम रहन्छ भने रक्तसन्चार पनि दुरुस्त रहन्छ । यसैले यसलाई कार्डियो एक्सरसाइज भनिन्छ, जसले मुटुको पनि रक्षा गर्छ । यस्तै, ध्यान केन्द्रित गर्न, श्वासप्रश्वास प्रक्रियामा सुधार गर्न सकिन्छ । श्वास सही तरिकाले लिने हो भने रगतमा अक्सिजन उपयुक्त तरिकाले प्रवाहित हुन्छ र स्वस्थ रहन मद्धत गर्छ । तर यो अभ्यास व्यवसायिक प्रशिक्षकको निगरानीमा मात्र गर्नुपर्ने हुन्छ । अन्यथा यसको नकारात्मक असर पनि पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤