Siraha Times
ताजा समाचार

मन्त्रीको लोभमा केही मान्छे पार्टीबाट अलग भए : यादव

  • जेठ २७, २०८१
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे । ‘पार्टी फुटेको होइन, केही अवसरवादीहरू सत्ता र पैसाको लोभमा पार्टीबाट अलग भएका हुन्,’ उनले भने । ९९ प्रतिशत क्रियाशील सदस्य र दुईतिहाइ कार्यकारिणी समिति सदस्य आफूहरूसँगै रहेको उनले दाबी गरे । एकताको महाधिवेशनसँगै जसपा नेपाल अझ सुदृढ भएर अघि बढ्ने उनले बताए । 

जनकपुरधाममा २८–३० जेठसम्म आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । महाधिवेशनको उद्घाटन समारोहमा भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी हुने यादवले जानकारी दिए ।

संघीय सरकारले ल्याएको बजेट मधेशविरोधी रहेको उनले आरोप लगाए । ‘मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्यमा कमजोर रहेको तथा उच्च जनसंख्यामा रहेको मधेश प्रदेशमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गरेको छ । यसले शासक वर्ग मधेशप्रति कति पूर्वाग्रही भने प्रस्ट हुन्छ,’ उनले भने । जनताले चाहेको खण्डमा पुनः आफ्नो पार्टीको नेतृत्वको मधेश सरकार बन्ने उनले बताए । ‘लोकतन्त्रणमा सधैँ एउटै पार्टीको सरकार हुँदैन । नेतृत्व परिवर्तन हुनु लोकतन्त्रको राम्रो पक्ष हो । हाम्रो पार्टी नेतृत्वको सरकारले मधेश प्रदेशमा विकासका केही काम गरेका छन्, अब अरू पार्टीको सरकारले काम गर्ने हो,’ उनले भने । यादवले एकैचोटि ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेर मुलुकको अन्तर्राष्ट्रिय कूटनीतिविपरीत काम गरेको आरोप लगाए । प्रमुख देशका राजदूतलाई एकैचोटि फिर्ता बोलाउनु लज्जास्पद विषय भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१