ताजा समाचार

पुस्तक खरिद बिक्रिमा ब्रहम्लुट, बिद्यार्थी र अभिभावक चरम मारमा

  • वैशाख १४, २०७६
  • १०६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, १४ बैशाख । पुस्तक खरिद बिक्रीमा व्यापक लुट भईरहेको जानकारी प्राप्त भएको छ । निजी विद्यालय र पाठ्यपुस्तक बिक्रेताले लाहान लगायत सिरहा जिल्लाभरी ब्रह्मलुट गर्दैछन् जसकारण निजी विद्यालयका विद्यार्थी तथा अभिभावक मारमा परेका छन् । निजि बिधालय र पुस्तक पसलहरुले साँठगाँठ गरि मोटो रकमको चलखेल गरेको जानकारी प्राप्त भएको छ । बिधालय ले तोकेको पसलमा मात्र अभिभावकलाई पुस्तक खरीद गर्न बाध्य पार्दैछन् ।

ती तोकिएका पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिनेगरेको छैन जसकारण लाहानका अधिकांश विद्यार्थी र अभिभावक आक्रोसित भएका छन् । विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि पसले ले विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् । पुस्तकमा पाईने मोटो कमिशन पुस्तक व्यवसायी र निजि बिधालयका संस्थापकले बाँडफाँड गर्ने गरेकोले स्थानीय विद्यार्थी र अभिभावकले अविलम्ब यस्तो कार्य रोक्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤