Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकाले गरे शिक्षकहरुको प्रोत्साहन स्वरूप झोला डायरी वितरण

  • जेठ २५, २०८१
  • १४२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान जेष्ठ २५ । नवराजपुर गाउँपालिकाले गरे शिक्षकहरुको प्रोत्साहन स्वरूप झोला डायरी वितरण नवराजपुर गाउँपालिकाका भित्र रहेका सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई शिक्षामा उन्नति प्रगति तथा सुधारका निम्ति प्रोत्साहन स्वरूप गाउँ पालिका अध्यक्ष्य शिव उदगार यादव ( शिवा ) उपाध्यक्ष पुनम कुमारी यादव र प्रमुख प्रशासकिय अधिकृत राज किशोर साह द्वारा लेशन प्लान डायरी र झोला वितरण एक कार्यक्रम गरि यी सामग्री वितरण गरेको जानकारी गाउँ पालिका अध्यक्षका निजि सचिवालयले जनाए छ।

गाउँपलिका भित्र रहेका २० ओटै विद्यालयका प्रधानाध्यापकहरुलाइ झोलासँगै डायरी सामग्री दिइएको गाउँपालिका स्रोतले जनाएको छ। शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष शिव उदगार यादवले बताए। ‘हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौं। यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण दिने लक्ष्यका साथ काम भईरहेको छ,’ उनले भने, ‘जसका लागि कम्प्युटर कक्षा, विज्ञान ल्याब, पुस्तकालय स्थापना, भौतिक विकास लगायतमा तीव्रताका साथ काम गरिरहेका छौं। यसको नजिता पक्कै पनि सुखद् हुनेछ भन्नेमा म ढुक्क छु।’

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१