Siraha Times
ताजा समाचार

मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बन्दै, यसरी भयो मन्त्रालय बाँडफाँट

  • जेठ २५, २०८१
  • ७९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन् । ५५ सांसदको हस्ताक्षरसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले जनमतका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा दावी पेश गरेको हो । स्रोतका अनुसार सिंहलाई आजै मुख्यमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम प्रदेश प्रमुख कार्यालयले राख्नेछ । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छ । मन्त्रालयको संख्या नबढाउनेगरी दलहरुले मन्त्रालय बाँडफाँड गर्ने सहमति गरेका छन् ।

सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार मन्त्री एमाले संसदीय दलका नेता सरोज कुमार यादव बन्दैछन् । अन्य मन्त्रीको टुंगो लागिसकेको छैन । यस्तै माओवादीले अर्थ मन्त्रालय र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय पाएको छ । सो पार्टीका संसदीय दलका नेता भरत प्रसाद साह अर्थ मन्त्री बन्दैछन् ।

नेकपा एसलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गृह संचार तथा कानून मन्त्रालय दिएको छ । सो पार्टीले अर्थ वा भौतिक पूर्वाधार विकास मध्ये एकसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेपछि सहमतीमा सकस परेको थियो । एकरएक सांसद रहेको दुई दल नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि मन्त्रालय पाएको छ । नाउपाले श्रम तथा यातायात र नेसंसपाले गृह संचार तथा कानून मन्त्रालय पाएका छन् । मुख्यमन्त्री पाएको जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पनि पाएको छ । एमालेका एक सांसदका अनुसार सबै दलले आजै मन्त्री टुंग्याएर मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१