Siraha Times
ताजा समाचार

५२ औं विश्व वातावरण दिवसको अवसरमा सबल नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • जेठ २३, २०८१
  • ११६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जिवन राम सुरुङ्गा २३ जेठ  । सप्तरीको सुरुङ्गा र खडक नगरपालिकामा विविध क्रियाकलाप संचालन गरि ५२ औं विश्व वातावरण दिवसको अवसरमा सबल नेपालद्वारा वृक्षारोपण कार्यक्रम गरिएको छ  । "हाम्रो भूमि, हाम्रो भविष्य" मूल नाराका साथ विभिन्न सामुदायिक विद्यालय तथा सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रम, र्याली तथा जनचेतनामुलक क्रियाकलापहरु संचालन गरिएको छ ।

सेभ द चिल्ड्रेन को साझेदारीमा सप्तरीको खडक तथा सुरुंगा नगरपालिकामा संचालनमा रहेको "समुन्नति" परियोजना अन्तर्गत : सुरुंगा नगरपालिकाको मा.वि मलहनमामा नगर प्रमुख गीता चौधरी, वडा अध्यक्ष श्याम साह लगायतको व्यक्तिहरुद्वारा एक सय पाँच वटा, आधारभुत विद्यालय चकदहमा ८०, आधारभुत विद्यालय महुलियामा ३०० वटा विभिन्न जातका विरुवाहरु रोपियो । यसैगरी पालिकाको विभिन्न स्थानहरुमा अन्तरक्रिया, स्थानीय महिलाहरुको सहभागितामा र्याली तथा छलफल कार्यक्रमहरु समेत संचालन गरिएको छ ।

खडक नगरपालिकाको वडा नं. ५ मा रहेको चिल्ड्रेन पार्कमा नगर प्रमुख जयप्रकाश चौधरी, प्रमुख प्रशासकिय अधिकृत दिपेश झा लगायतको व्यक्तिहरुद्वारा ५० वटा, जनता आ.वि ७ को प्रांगणमा ९२ वटा, ज.मा.वि भैरोगञ्ज वेल्हाको प्रांगणमा २० वटा, रा.प्रा.वि गौरहामा ५३ वटा, जनता रा.प्रा.वि कल्याणपुरमा ७५ वटा विभिन्न जातका विरुवा रोपिनुको साथै विभिन्न जनचेतनामुलक क्रियाकलापहरु संचालन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१