Siraha Times
ताजा समाचार

रामग्राममा जलवायु परिवर्तन सम्बन्धित सचेतना गाेष्ठी कार्यक्रम सुरु

  • जेठ २२, २०८१
  • ७०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी जेठ २२ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ राधाकृष्ण मन्दिर बैरिहवामा जलवायु परिवर्तन सम्बन्धित सचेतना कार्यक्रम विश्व वातावरण दिवसकाे अवसरमा मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ रमावापुरकाे आयोजनामा आज सुरु भएकाे छ ।

वन समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वाग्लेले व्यापक रुपमा वन जङ्गल फडानी भई रहेकाे अवस्थामा त्यसलाई राेक थाम गर्न सबै लाग्नु पर्ने बताउनुभयाे । जलवायु परिवर्तन राेक्न वृक्षारोपण र वन जङ्गल संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे । 

गाेष्ठी कार्यक्रममा रामग्राम ४ का वडा अध्यक्ष मदन यादव,वरिष्ठ वन अधिकृत पुर्ण प्रसाद ढकाल,वन समुहका उपाध्यक्ष तथा रामग्राम ४ का वडा सदस्य प्रभु लाल माैर्य लगायतले बाेल्नु भएकाे गाेष्ठीमा जलवायु परिवर्तन विज्ञ सुदर्शन खरवार र विशाखा चाैधरीले आज र भाेलि २ दिन प्रसिक्षण दिने कार्यक्रम संचालिका समीक्षा सिगंजापतिले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१