Siraha Times
ताजा समाचार

कृषि सडक निर्माण हुदा स्थानीय खुशी तर कृषि र पशु शाखाको प्रगति जिरो

  • जेठ १७, २०८१
  • ८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ जेठ । कृषि ज्ञान केन्द्र , सिराहा को आ. व. २०८०/८१ को कार्यक्रम अन्तर्गत सखुवाननकारकटी गाउँपालिका वडा न ५ स्थित इटहर्वा देखि महेशवारी सम्म करिव १.५ किलोमिटर लम्बाई को कृषि सडक सिराहा १(ख) का पुर्व प्रदेश सांसद एवं नेता अशोक यादवको प्रमुख आतिथ्यमा शिलन्यास भएको छ।

May be an image of 4 people

उक्त कार्यक्रममा सखुवाननकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव र वडा न ५ को वडा अध्यक्ष विशेश्वर प्रसाद यादव, पुर्व वडा अध्यक्ष बैद्धनाथ यादव लगायत समाजसेवी, बुद्धिजिवी, युवा एव राजनैतिककर्मीहरु को उपस्थितीमा कृषि सडक शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 5 people and grass

बर्षौ देखि महेशवारी र इटहर्वाका किसानहरु कृषि सडकको अभावमा सास्ती भोग्दै आइरहेकोमा अब यो समस्या समाधान भएको छ। यो सडकको निर्माण कार्य तिब्र रुपले आगाडी बढिसकेकोले छिटै सम्पन्न हुने भएको देखेर स्थानियहरु खुशी भएका छन।

May be an image of 5 people and grass

किसानै किसानले भरिएका यस पालिकामा किसानको लागी ४र५ न. वाडामा कृषि सडक बिस्तार भैरहेको देखिन्छ। भौतिक संरचना निर्माण गर्नु मात्रै बिकास होइन। यस पालिकाका आम नागरिक कृषिमा आत्मनिर्भर रहेकोले यस तर्फ स्थानीय सरकारको खासै चासो देखिएको छैन भने पालिकामै कृषि र पशु शाखाको प्रगति जिरो देखिन्छ।

May be an image of 5 people

May be an image of 9 people

May be an image of 8 people

May be an image of 4 people

May be an image of 5 people and grass

May be an image of 5 people and grass

 

प्रतिक्रिया दिनुहोस

करैयामाई गाउँपालिकाक ...

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ...

प्रादेशिक अस्पताल सि ...

रहमुल, सिरहा, ५ असार । प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत ...

कटहरियामा कुपोषण मुक ...

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१