Siraha Times
ताजा समाचार

बालविवाह गराएर कानुनी राज्यलाई धजी उडाए राज्यमन्त्री मण्डल

  • वैशाख १३, २०७६
  • १७८३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, १२ बैशाख । बालविवाह अपराध हो । विवाह गराउँनेपक्ष पनि सोही किसिमको अपराधीमा सँलग्न हो । समाजमा अपराध न्यूनिकरण गर्न सरकारले करोडौ खर्च गर्दै आएको छ । तर, सरकारकै प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च दिएर १४ बर्षीया बालिकालाई तड्कभड्का साथ विवाह गराएका छन् । कानुनको पालना गराउँने राज्यमन्त्री मण्डलले २०६२ बैशाख १० गते जन्मिएकी कल्याणपुर ३ पर्साहीकी राधा मल्लिकलाई २०७६ बैशाख ११ गते लाखौ खर्च गरेर विवाह गराए दिएका छन् । राज्यमन्त्री मण्डलले कन्यादान समेत गरेर शिक्षाबाट मल्लिकलाई बन्चित गराएका छन् । राधा स्थानीय पर्साही माविमा कक्षा २ मा पढ्दै गर्दा २०७२ मा विद्यालय जान छाडेकी थिइन् ।

राज्यमन्त्री मण्डलले कुशे डोमका छोरी राधालाई शिक्षाको लागि लगानी नदिएर कलिलो उमेरमा विवाह गराएर कानुनी राज्यलाई धजी उडाएका छन् । बिहे भएको रातीमा शिक्षाबाट बंचित पारिएकी राधालाई अर्शिवाद दिएर बिहान बिदाई गरेका छन् । राज्यमन्त्री मण्डलले शिक्षामा जोड नदिई कलिलो उमेर विवाह गराएर दलित समाजलाई जिस्कियाइएको मानव अधिकारकर्मी राजकुमार राउतको कथन छ । गाउँघरमा अहिले पनि डोम समुदाययसँग छुवाछूत कायमै रहेको छ । यस्तो कार्य राम्रो होईन मानव भएर छुवाछुत गर्नु पर्दैन राम्रो काम पनि होईन तर पनि कतिले छुवाछुत गरिरहेको छ । यस्ता कार्य हटाउनका लागि मेरो प्रयास हरदम रहने र आफुले यो बालविवाहमा सक्दो सहयोग गर्न पाउँदा आफु खुशी हुने गरेको मन्त्री मण्डलले बताए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बालविवाह अपराध हो । मिडियामा आएको घटनावारे हामी अनुसन्धानमा लागेका छौ । उजुरी आए तिब्र अनुसन्धानमा लाग्ने भन्दै कानुन सबैको लागि बराबर हो बताए । राज्यमन्त्री मण्डलले दहेजको समेत प्रोत्साहन गरी सुन दान, भोजभतेर गरी तडकभडकका साथ सो विवाह गराएको छ । त्यो पैसा कहाँबाट प्रेस सँगठन नेपालका केन्द्रीय सदस्य सन्तोष बराईलीले खोजि गरिरहेका छन् । प्रमाण पाइएमा तत्काल कारवाही गर्ने बराईलीले अधिकारिक धर्ना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१