Siraha Times
ताजा समाचार

मिलेमत्तोमा सामुदायिक भवनको जग्गा बिक्री गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

  • जेठ १२, २०८१
  • ९७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, १२ जेष्ठ । सिरहाको कर्जन्हा नगरपालिका ९ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिएका छन्। यहा रहेको पुरानो पासमान सामुदायिक भवनसहितको जग्गा वडा अध्यक्ष मोहम्मद मस्तकिमको संलग्नतामा बिक्री भएको भन्दै वडावासिहरुले शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले ८.५ धुर जग्गा २०३७ सालमै प्रदान गरेका थिए। सो जग्गा सामुदायिक भवन निर्माणका लागि दिए वाप्त कासिन्द्र मोरवैताले सोही वडामा अर्को जग्गा समेत समुदायबाट लिएको स्थानिय बिनोद पासमानले दाबी गरेका छन्। तर, अहिले आएर सामुदायिक भवनको जग्गा समेत व्यक्तिको नाउँ पास भएपछि आफुहरु अन्यायमा परेको स्थानीय पासमानले बताए।

सामुदायिक भवनको जग्गा बिक्रीभएपछि नयाँ भवन निर्माणका लागि प्रदेश सरकारले दिएको ५० लाख रकम समेत फ्रिज हुने अवस्थामा आएको छ। पासमान समुदायिक भवन पुरानो भइ जिर्ण भएकोले नयाँ दुई तले भवन निर्माण गर्नका लागि मधेश प्रदेश सरकारले ५० लाख रकम बिनियोजन गरेको छ। योजना कार्यान्वयनको लािग भवन निर्माणका उपभोक्ता समिति समेत गठन भइसकेको अवस्थामा जग्गा अरुकै नाममा गएको स्थानीयले जानकारी पाए। भवन निर्माण गर्ने जग्गा अरुकै नाउँमा पास भएपछि बजेट नै फ्रिज हुने सम्भावना देखिएकाले आफुहरु आन्दोलनमा उत्रिएको स्थानिय रामलखन पासमानले जानकारी दिए।

वडा अध्यक्ष मो.मस्तकिमको संलग्नतामा उक्त जग्गा गत माघ १६ गते स्थानीय सिकेन्द्र पासमानको श्रीमती शिवो देवी पासमानको नाउँमा दर्ता कायम भएको जानकारी पाएपछि वडावासीहरु आन्दोलित हुन्। सामुदायिक भवनको नाउँमा जग्गा फिर्ता गर्न कर्जन्हाका जनताहरुले पटकपटक कर्जन्हा बजारमा आम सभा बसाएको, वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन समेत दिएपनि आफुहरुको जायज माँगलाई वेवास्ता गरेकाले बाध्यभएर वडा कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानिय गुब्दी देवी पासमानले बताए।

यसै विषयमा वडा अध्यक्ष मो.मस्तकिमसंग बुझ्दा आफुले सो जग्गा बिक्री गर्न सिफारिस नदिएको तत्कालिन कार्यवाहक वडा अध्यक्ष मोति प्रसाद पासमानले सिफारिस दिएको बताए। हामीले अर्कै जग्गा बिक्री गर्न सिफारिस दिएका थियौं तर, मालपोतका हाकिमले पुरानै सिफारिसलाई आधार मानेर जग्गा पास गरिदिएको भन्दै उनी पन्छिन खोजे।

तर, मालपोत कार्यालय सिरहाको श्रोतले दाबी गरे अनुसार कर्जन्हा नगरपालिका ९ का वडा अध्यक्ष मो.मस्तकीमले सो जग्गा विक्रिकोलागि दुई पटक सिफारिस दिएको बताएको छ। वडा अध्यक्ष मस्तकिम आफु वडामा कहिले काही मात्रै वस्ने गरेको र कार्यवाहकको रुपमा वडा सदस्यलाई दिएर अनियमितता गराइरहेको स्थानियहरुले आरोप लगाएको छ। वडा अध्यक्षले सो जग्गा पास गर्नका लागि समेत वडा सदस्य मोती प्रसाद पासमानलाई कार्यावाहकको जिम्मा दिएर जग्गा पास गरिएको तथ्यको प्रमाणित स्वयम् वडा अध्यक्षले गरेको छ।

यो सिफारिस कस्ले दियो? भन्ने प्रश्नको जवाफमा मोती प्रसाद पासमानले दियो भनेर स्वीकार गरेको छ। एक जना सेवाग्राहीले नाम नखुलाउने शर्तमा भने, वडा कार्यालयमा म प्रत्येक महिनाको कम्तीमा २-३ पटक विभिन्न सेवा लिन जान्छु तर, जहिले पनि कार्यवाहकको र कार्यालय सहयोगीको भरमा वडा कार्यालय चलेको देखिरहेकोले आफुलाई वडाको प्रतिनिधीप्रती दुःख लागेको बताए ।

कर्जन्हा नगरपालिका ९ को यो एउटा उदाहरण मात्र हो। यस्ता कयौं यस्ता विकास निर्माणका कार्य छन जसबाट त्यहाँका जनता आजित भएको स्थानियहरुको भनाइरहेको छ। उनिहरुले कर्जन्हा नगरपालिकाको कार्यालय अगाडि विभिन्न नारा लगाउदै सामुदायिक भवनको जग्गा फिर्ता नगराए सम्म आफुहरुले कुनै अवस्थामा वडा कार्यालयमा लगाइएको तालचा नखोल्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१