मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध

  • वैशाख १२, २०७६
  • १११८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १२ बैशाख । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेको छ । आज विहान ८ बजेदेखि करीब १ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानियहरुले सडक अबरुद्ध गरेका थिए । 
 
सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुशन गरेको स्थानीयहरुको आरोप छ । सैयौको संख्यामा दिनहुँ टिपर चलेपनि सडकमा नियमिति रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादबले बताए । 
roll%2B%25286%2529


टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फैक्ट्रीसंग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।

 
roll%2B%25282%2529
मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गा बोक्ने दैनिक करीब १ हजारको हाराहारीमा टिपर यस सडकखण्डमा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१