सरकारबाट बाहिरिए उपेन्द्र यादव

  • वैशाख ३१, २०८१
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ३१ वैशाख । जनता समाजवादी पार्टी नेपाल संघ सरकारबाट बाहिरिएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका पार्टी अध्यक्ष एवम् उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले मन्त्री पदबाट सोमबार बिहान राजीनामा दिएका छन् ।

जसपा नेपाल विभाजन गरी पार्टीका अशोक राईसहित सात सांसदले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । विभाजित जसपामा रहेका नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सत्ता टिकाउन जसपा नेपाल विभाजन गराएको तीन दिनअघि सिन्धुलीमा आयोजित एक कार्यक्रममा स्वीकार गरेका थिए भने पार्टी विभाजनका लागि नेकपा एमाले अध्यक्ष केपी शमौ ओलीले तारतम्य मिलाएको अनुमान गरिएको छ ।

सोही कारणले जसपा नेपाल सरकारबाट बाहिरिने अड्कल गरिएको थियो । यद्यपि जसपा नेपालका अध्यक्ष यादवले तत्काल सरकारमा रहिरहने बताउँदै आएका थिए ।

आइतबार जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री दाहालले उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका अध्यक्ष यादवलाई राजीनामा बुझाउन निर्देशन दिएका सञ्चारमाध्यममा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

पिडरबनी फुटबल क्लबद् ...

लहान, मंसिर २८ । पिडरबनी फुटबल क्लबले आज श्री माध्यमिक विद्यालय पिडरबनी, लहान नगरपालिका–११ का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१