Siraha Times
ताजा समाचार

पार्टी फुटाउनेलाई उपेन्द्र यादवले दिए ‘कुकुर’ को संज्ञा

  • वैशाख २९, २०८१
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, २९ वैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुकुरले टोक्यो भन्ने कुकुरलाई टोक्न आफूहरूले नजाने बताएका छन् ।

जसपा विभाजनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको चर्चाका बाबजुद पनि पार्टी सरकारमा सहभागी भइरहेको कारणबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष यादव शनिबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थिए । जसपा नेपाल विभाजनपछि मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो महाधिवेश उद्घाटनका लागि जनकपुरधाममा आएपछि अध्यक्ष यादवको प्रादेशिक राजधानीमा शक्ति प्रदर्शन गर्ने योजना छ । उनीसहितको मोटरसाइकल र्याली जनकपुरधाम नगरको प्रदक्षिणा गर्नेछ ।

अध्यक्ष यादवले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न, सुशासन स्थापना गर्न र लोकतन्त्र रक्षा गर्न मौजुदा सत्ता गठबन्धनसँग् सहकार्य गरेको भन्दै त्यो सहकार्य अहिले निरन्तर रहने बताए । जसपा नेपालको विभाजन आफ्नो पार्टीमाथिको प्रहारमात्र नभएर मधेशका मुद्दा, आदिवासी जनजातिलगायत दलित, शोषित र पीडित जनताको मुक्तिको चाहना र ती शोषितपीडित जनतालाई दबाएर शासन गर्ने शासकीय मानसिकताबीचको सङ्घर्ष भएको प्रस्ट्याए ।

उनले संघर्ष निरन्तर चलिरहने र आजभोलि नै नटुंगिंदैन भन्दै मधेशी जनअधिकार फोरम हुँदैदेखि आफूहरूमाथि निरन्तर प्रहारबाहेक अर्थोक नभएको औंल्याए । उनले भने, ‘यति ज्यादा प्रहार हामीमाथि भयो कि हामी प्रहार प्रुफ भइसक्यौँ ।’

अध्यक्ष यादवले पार्टी फुटाउनुभन्दा पनि दुईचारजना लोभीपापीलाई चाहिँ लगिएको बताउँदै ती लोभीपापी न कसैको भएको न कसैको हुने टिप्पणी गरेका छन् ।

उनले भने, ‘’उनीहरू अन्तैबाट फुटेरै आएका थिए, स्वार्थ पुरा गरे । अब थप स्वार्थ पुरा गर्न अन्त गएका हुन् । त्यसैले खासै अन्तर पर्दैन ।’

उनले दुईचार लोभीपापीलाई यताउता लाँदैमा मुक्ति आन्दोलनमा फरक नपर्ने बताए ।

अध्यक्ष यादवले पञ्चातयकालको निरंकुशताविरुद्ध लडिरहेका बेला तत्कालीन शासनसत्ताले केही लोभीपापीलाई काँग्रेस र कम्युनिस्टबाट ल्याई पञ्चायतमा बसाउँदै वक्तव्यबाजी गर्ने गरेको स्मरण गर्दै त्यो व्यवस्था र व्यवस्था टिकाउनेको पनि पतन भएको समेत बताए । साभार टोलपडोस

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१