अध्यक्षसहित ७५ जना कार्यकर्ता जसपामा प्रवेश

  • वैशाख २०, २०८१
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका समपन्न भएको हो जनमत पार्टी परित्याग गरि अध्यक्ष सहित ७५ जना कार्यकर्ता हिजो जसपामा प्रवेश गरेको हो । जनमत पार्टीका लक्ष्मीपुर पतारी गाउँपालिका वडा अध्यक्ष पदका उम्मेदवार जय प्रकाश सिंह दनुवार सहित ७५ जना अगुवा कार्यकर्ता जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नम्बर ४ ब्रहमपुरी स्थित हिजो बुधवार एक कार्यक्रमबीच जसपाका मधेस प्रदेस समितीका अध्यक्ष बालकिशोर यादव र केन्द्रिय सदस्य एवम मधेस प्रदेससभा सदस्य राज कुमार गुप्ता लगायत नेताहरुले उनीहरूलाई स्वागत गरे ।

पालिकाकाे चुनावमा सिंह लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्वर ४ वडा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । जसपाका लक्ष्मिपुर पतारी गाउँपालिका अध्यक्ष बद्री नारायण यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेस समिती अध्यक्ष बालकिशोर यादव र विशिष्ट अतिथिमा जसपाका केन्द्रिय सदस्य एवम मधेस प्रदेससभा सदस्य राज कुमार गुप्ता रहनुभएकाे जसपाका युवा नेता तथा विद्यार्थी मधेश प्रदेश अध्यक्ष दिपेश यादवले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१