Siraha Times
ताजा समाचार

चिमटीमा भिषण आगलागी हुँदा दुई सय भन्दा बढि घरहरु जलेर नष्ट

  • वैशाख १९, २०८१
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ बैशाख सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीमा भिषण आगलागी भएको छ। बिगत केहि दिन देखि दिउसो तातो हावा चलिरहेको छ जसको कारण एक हप्ता भित्र मधेस प्रदेशका धेरै गाउँमा आगलागीको घटना घटि सकेको छ।

उक्त पालिकाको चिमटी गाउँ घना गरीबहरुको फुसको घर भएका बस्ती थिए। तातो हावा चलिरहेको बखत दिउँसो आगलागी हुँदा २०० भन्दा माथी घरहरु जलेर नष्ट भएका छन भने करोडौंको सम्पति समेत जलेको जानकारी वडाअध्यक्ष जय किशोर दासले दिएका छन।

आखिर मधेसमा यो आगलागीको घटना एक पछि अर्को दिनानुदिन किन भैरहेको छ त? कारण एउटै घना फुसको घर भएको बस्ती र लापरबाही तरिकाले आगो बाल्नु। हुन त शिक्षा र चेतनाको कमि नागरिकमा छदैछ तर अतिबिपन्न,गरीब, दलिदको फुसको घर भएको कारण यस्तो घटना भैरहेको जानकारहरु बताउँछन। सरकारले फुसको घर हटाइ जस्तापाताको घर बनाउने निर्णय ओली सरकारको पालामा भएको थियो। अहिले ती निर्णय किन कार्यनयन हुन सकेन त? अब कहाँ जने होला यी गरीबहरु ठुलो चिन्ताको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१