Siraha Times
ताजा समाचार

मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान

  • वैशाख १६, २०८१
  • १५१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधेस प्रदेश समन्वय परिषद कतार तथा कतारमा स्थापित विभिन्न संग संस्थाको सहकार्यमा भेटघाट एव समान् कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको सभापतित्व तथा मधेश प्रदेशका अर्थमन्त्री संजय यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री यादवलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।

शनिबार कतारको सनैयामा अवस्थित लालिगुरास रेष्टुरेन्टको सभाहलमाआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मधेसी जनताले आज सम्म पनि जनताको दुख बुझ्ने नेता न पाएको उनले बताए । जनताको मन जितेर आज अर्थमन्त्री भाको छु उनले भने आफ्नो कार्यकालमा मधेसका किसानहरुको आँसु जरुर पुछने उनको पहिलो प्राथमिकतामा रहेको बताए । मधेसका हरेक खेतमा सिचाईको ब्यवस्था गर्न सके देशले कायापलट फेर्न सक्ने उनले दाबी गरे । कतारबाट फर्किए लगतै उनले श्रमिक हस्पिटल र श्रमिक बिधालयको काम आफुले जसरी पनि स्थापित गर्ने वाचा गरे। मधेश प्रदेश समन्वय परिषद कतारका महासचिव तेजिलाल मण्डलले कार्यक्रम संचालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१