Siraha Times
ताजा समाचार

मधेशी एकता समाज कतारको शुभकामना अदान प्रदान सम्पन्न

  • वैशाख १६, २०८१
  • १४४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकबाल राम जनकपुरधाम वैशाख १६। मधेशी एकता समाज कतारले यस वर्षको नयाँ वर्ष जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना अदान प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार दोहा कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा संस्थाको अध्यक्ष शिव कुमार महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवको प्रमुख आतिथ्यता, मधेशी एकता समाजका संस्थापक डा. रवीन्द्रकुमार यादवको विशिष्ट आतिथ्यता नेपाली राजदुतावास ,एनआरएनए तथा कतारमा स्थापित अधिकान्स प्रदेश संस्थाहरु वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु विभिन्न जातीय संस्थाहरु पत्रकार बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा मधेशको सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि यादवले वर्तमान राजनीतिक तथा मधेश पिछडिएको अवस्था र विकासका बारेमा निकै गम्भीर बिचार सान्दर्भिक भनाईहरु बिश्लेषण कुराहरु उठाएका थिए। संस्थाका संस्थापक डा. यादवले मन्तव्य राख्दै मधेशका विभिन्न समुदायलाई एकताबद्ध गर्ने, भाषा विकासमा सहयोग, सामाजिक विकृति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास, मधेशी परम्पराको संरक्षण, खानपिन र पहिरनजस्ता संस्थाका उद्देश्यहरूबारे व्याख्या सहित शुभकामना व्यक्त गरे।

नेपाली राजदुतावास कतारका कार्यवाहक राजदूत महामहिम कुमार राईले रोजगारीको शिलशिलामा कतारमा रहेका लगभग साढे तिन लाखको हाराहरीमा नेपालीहरु मध्ये मधेसबाट प्रदेशको हिसाबले कतारमा धेरै मधेशी नेपाली दाजुभाई रहेको बताए।मधेशका दाजुभाई नेपालबाट कतार आउदा धेरै ठगिएको आफुले पाएको बताउदै आगामी दिनमा ठगिन बाट जोगिन सबैलाई आग्रह समेत गरे।आफू मध्य पहाडी भेगको भएपनि मधेसका दाजुभाई प्रति अत्यन्तै माया र सम्मान रहने व्यक्त गरे। 

संस्थाका महासचिव चन्द्रवीर यादवको सहजीकरणमा सप्पन्न भएको कार्यक्रमलाई समाप्न गर्दै सभापति महतोले संस्थाको निमन्त्रणालाई स्विकार्दै उपस्थित सबैमा नयाँ वर्ष जुरशितल ईद उल फित्रको शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन साथ , सपोर्ट तथा उपस्थित सम्पूर्णमा धन्यवाद प्रकट गरे।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१