ताजा समाचार

जानलेवा गुटखामा व्यापक राजस्व छली, सरोकारवाला मौन

  • वैशाख ९, २०७६
  • १४९४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ९ बैशाख । पानपराग तथा गुटका यतिकै जानलेवा पदार्थ हुन् । यसमा पनि नक्कली र कमसल गुटखाले जीवन त्याग गर्नेको सँख्या दिनदिने बढ्दै गएको छ । यस्ता कमसल तथा राजस्व छलीको गुटखा लहान बजारमा व्यापक फेला परेको छ । उता, आन्तरिक राजस्व कार्यालय लहान कानमा तेल हालेर मस्त निन्द्रामा सुतेका छन् । लहान बजारमा गुटकामा व्यापक राजस्व छली हुँदा आन्तरिक राजस्व कार्यालय बेखबर छन् । बजारमा यत्तिबेला दुई किसिमको पान पराग गुटका देखापरेको छ । एउटा प्याकेटमा आन्तरिक राजस्व कार्यालयको स्टीकर लगाइएको छ । अर्को पान गुटखामा विना स्टीकरको लहान बजारमा व्यापक विक्री भइरहेको छ । यसवारे आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क गर्दा — सबै ठाउँमा हामी पुग्न नसकिएको कारण केही व्यापारीले यस्ता धन्दा चलाइरहेको छ । यसको खोजतलास गर्न हामी सक्रियता देखाउँने दावी गरेका छन् ।

भारतबाट यस्ता गुटखा भन्सार छली गरेर नेपाल भित्रियाउँने गरेको छ । नेपालमा पनि यस्ता गुटका चोरीलुकी व्यापक बनाउँने गरेको छ । गुटखा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुटकामा राजस्वको स्टीकर लगाउँने गरेको छ भने अधिकतम गुटखामा स्टीकर नलगाउँने गरेको लहान उद्योग वाणिज्य सँघमा आज व्यापारीहरु छलफलमा यस्तो कारोबारको खुलासा भएको छ । राजस्व छली हुन नदिन तथा नक्कली कमसल गुटखा विक्री वितरण नगर्न लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य केही व्यापारीलाई सचेत गराएका छन् । राजस्व छली, अखाद्य, म्याद नाघेको, नक्कली मालसमान खरिद विक्री नगर्न यसको लागि लहान नगरपालिकाले सचेतनामुलक कार्यक्रम ल्याउँन व्यापारी रमेश मुरारकाले बताए । बजारमा ९० प्रतिशत पेय पदार्थ म्याद नाघेको बिक्री वितरण भइरहेको व्यापारीहरुको छलफलमा सो खुलासा भएको छ । नेपालमा पेय पदार्थको अवधी तीन महिना मात्रै तोकिएकोले व्यापारी र उपभोक्ताले त्यसप्रति खासै ध्यान नदिइ खाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤